शब्द खर्च नगरम्


ऊ बेला सिद्धार्थ गौतमले पीपलको फेदमुनि बसेर बुद्धत्व प्राप्त ग¥या थिए। ज्ञान प्राप्त गरेसी उनी सिद्धार्थबाट गौतम बुद्ध बने। बुद्धका कारणले विश्वले नेपाललाई बुद्ध जन्मस्थल भनेर चिन्दै आएको छ भने बुद्ध एसियाका तारा कहलिएका छन्।

तर अहिले दिव्यज्ञान प्राप्त गर्न पीपलकै रुख नचाहिने रैछ। जेलै काफी रैछ। यो कुरो पुष्टी गरे महिनौंसम्म जेल बसेका सीके राउतले। तराई टुक्राएर छुट्टै देश बनाउने अभियानमा लाग्या सीकेले खास कुरो जेल बसेर सिकेछन्। अहिले उनको दिव्यज्ञानको खुब प्रसंसा भइराछ। पीएम ओलीदेखि सत्ताको झोलीमा रहनेहरू उनकै गुनगान गाउन व्यस्त छन्।

छोटो समय जेल बस्या सीकेले प्राप्त ग¥या दिव्यज्ञान उही रहेछ, हतियार त्याग्ने अनि शान्तिपूर्ण ढंगबाट पार्टीका गतिविधि अघि बढाउने। तर वर्षौंसम्म जेल नेल भोग्या नेताजीहरू पटक–पटक आफ्नो जेलयात्राको बायोडाटा दोहो¥याउन मरिहत्तै गर्छन्। पटक–पटक सरकारमा पनि पुग्या छन् तर यिनको कार्यशैली देख्दा निकै टिठ लाग्दो छ भन्या। ऊ बेलाको पञ्चायती जेल र अहिलेको गणतान्त्रिक जेलको हावापानी फरक भएर पो दिव्यज्ञान फरक भा हो कि रु
त्यसो त सीकेको चुरो कुरो पनि बुझ्न बाँकी नै छ। अहिले उनको गुणगानमा शब्द नर्खचिएकै राम्रो।