कान्छीमाया र तीर्थ पहिलो


धरान, (नेस)
एपीएफकी कान्छीमाया कोजुले आरती धरान टेनके रन सातौं नेवा च्यारिटीअन्तर्गत खुल्लातर्फ पहिलो स्थान ओगटेकी छन्।
कान्छी सो प्रतियोगितामा दोस्रोपटक लगातार च्याम्पियन बनेकी हुन्। त्यस्तै पुरुषतर्फ तीर्थ पुन लगातार चौथोपटक विजेता बने। तीर्थले धरान रनको निर्र्धािरत १० किमी दूरी ३१ मिनेट १६ सेकेन्डमा पार गरे। ३१ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गरेका अनिस थापा दोस्रो भए। त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हात पारे।

महिला खुल्लातर्फ कान्छीले ३७ मिनेट ४८ सेकेन्ड दूरी पार गरेकी थिइन्। काठमाडौंकी सन्तोषी श्रेष्ठ ३८ मिनेट १८ सेकेन्ड समयमा दूरी पार गर्दै दोस्रो भइन्। यस्तै तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट ४७ सेकेन्डमा दूरी पार गरिन्। दुबै विधातर्फ शीर्ष तीनले क्रमशः४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका थिए।