ब्रेक्जिटका लागि एक धक्का दिन अपिल


ग्रिम्सबी, (एजेन्सी)
बेलायतका प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग ब्रेक्जिट सम्झौताका लागि अर्को एक धक्का दिन अपिल गरेकी छिन्। सम्झौता विरुद्ध मतदानको अर्थ देश युरोपेली संघबाट कहिल्यै अलग नहुनु हो भन्ने बेलायतका सांसदहरूले बुझ्नुपर्ने उनले बताइन्। ग्रिम्सबीमा कामदारलाई सम्बोधन गर्दै उनले भनिन्– ‘यस मात्र एक अर्को धक्काको आवश्यक छ।’
सम्झौताविरुद्ध मतदान गर्नुको अर्थ बेलायत कहिले पनि युरोपेली संघबाट अलग हुन सक्दैन, उनले बताइन्। बेलायतका सांसदले मंगलबार बे्रक्जिट सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा मतदान गर्दै छ। यस सप्ताहन्तमा कयौं चरणको विचार विमर्शपछि यसमा नयाँ व्यवस्थाहरू समावेश गरिनेछ।
मेले भनिन्– ‘अर्को हप्ता वेस्टमिनिस्टरमा सांसदसमक्ष महŒवपूर्ण विकल्प हुनेछ, कि त ब्रेक्जिट सम्झौताको समर्थन गर्नु वा यसलाई खारेज गर्नु। यसको समर्थनमा बेलायत कुनै पनि बेला युरोपेली संघ छोड्न सक्छ, तर यसलाई अस्वीकार गरे भने के हुन्छ, कसैलाई थाहा छैन, उनले बताइन्– ‘हुन सक्छ हामी कयौं महिनासम्म ईयू छोड्न सक्दैनौं, अर्को हामीबिना सुरक्षा यसलाई छोड्न सक्छौं जस्तो सम्झौतामा प्रावधान छ। हुन सक्छ हामी कहिल्यै पनि यसलाई छोड्न सक्दैनौं।’
सबैले वादविवादबाट अगाडि बढून्, चर्चा परिचर्चाको वैमनश्यतालाई छाडून् र एक देशका रुपमा ईयूबाट बाहिर होस र भविष्यको सफलताका लागि तयार हुन सकून् भन्ने चाहेको उनले बताइन्।