अल्जेरियामा राष्ट्रपति अजिज विरुद्ध विशाल प्रदर्शन


 पाँचौपटक शासन गर्ने राष्ट्रपतिको चाहना
अल्जियर्स, (एजेन्सी)
अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौं शहरमा राष्ट्रपति अब्देल अजिज बोटलिकको व्यापक विरोध भइरहेको छ। लाखौं संख्यामा अल्जेरियाली नागरिक सडक ¥याली निकाल्दै राष्ट्रपति भवनतर्फ बढिरहेका छन्।

विरोध प्रदर्शन शान्तिपूर्ण तरिकाबाट भइरहेको तर शुक्रबार उक्त विरोध प्रदर्शनले सबैभन्दा ठुलो रूप लियो। नाराबाजी गर्दै हजारांै अल्जेरियाली नागरिक राष्ट्रपति भवनतर्फ बढ्दै गर्दा उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यासको प्रयोग गरे।

प्रहरीले शहरका प्रमुख नाकाहरूमा नाकाबन्दी गरेको छ। राजधानीको आकाशमा प्रहरीका हेलिकप्टर लगातार चक्कर लगाइरहेका छन्। सबै प्रकारका सार्वजनिक यातायात साधन आवागमनमा रोक लगाइएको छ। विरोध प्रदर्शन ओयोजकहरूले शुक्रबार विरोध प्रदर्शनमा दुई करोड नागरिकसँग सहभागी हुन अपिल गरेका थिए।

यो विरोध प्रदर्शन अल्जेरियाका ८२ वर्षीय राष्ट्रपति अब्देल अजिज बोटलीका विरुद्ध हो। उनी पाँचौंपटक देशको सत्ता सम्हाल्ने बारेमा सोचिरहेका छन्। अजिज हाल स्वीजरल्यान्डमा एक अस्पतालमा उपचार गराइरहेका छन्। हाल भइरहेको विरोध प्रदर्शन विपक्षीहरूको चाल भएको बताएका छन्। उनले यस प्रकारको कुरा पहिला पनि गर्ने गरेको विरोध प्रदर्शनमा सहभागी एक महिलाले बताएकी छिन्। स्थानीयका अनुसार अहिलेसम्म २ सयभन्दा धेरैलाई हिरासतमा लिइसकेको छ।
पाँचौंपटक सकार चलाउने अजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो। यद्यपि उनले एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने बयान पनि दिएका छन्। तर अल्जेरियाली युवामा आर्थिक अवसरको कमीका कारण निराश उत्कर्षमा पुगेको छ। देशमा कुलिनवर्गमा फैलिएको भ्रष्टाचारबाट उनीहरू वाक्कदिक्क भइसकेका छन्। फ्रान्सबाट स्वतन्त्रता हासिल गरेपछि देशमा यहीं वर्गले शासन गर्दै आइरहेका छन्।