अपारदर्शी तथा हचुवा सहमति

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र चन्द्रकान्त राउत ९डा। सिके राउत० बीच भएको ११ बुँदे सहमतिबारे मानवअधिकार तथा शान्ति समाजले अपारदर्शी तथा हचुवा भनेको छ।

डा। सीके राउत र निज सम्बद्ध समूहले विखण्डनको अभियान र घृणाको शैली परित्याग गरेको हो भने त्यसलाई स्वागतयोग्य मान्नुपर्छ भन्दै विज्ञप्तिमा डा। राउतले विखण्डनको अभियान परित्याग गरेको स्पष्ट प्रतिबद्धता उल्लेख नभएको पाइएको जनाइएको छ।

सहमतिको आडमा सीके राउतले सामाजिक सञ्जालमार्फत जनमत संग्रहमा सहमति भएको प्रचार आपत्तिजनक एवं निन्दनीय समाजको ठहर छ। संवेदनशील विषयमा राज्यका तर्फबाट अपारदर्शी ढंगले हचुवा तवरमा सहमति भएको देखिएको जनाउँदै सीके राउत आवद्ध समूहले विखण्डनको अभियान परित्याग गरेको हो होइन स्पष्ट गर्न सम्बन्धित पक्षलाई शान्ति समाज आग्रह गरेको छ।