गिरीसहित कलाकर्मीलाई सिम्पल सम्मान

0
Shares

पाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित कलाकर्मीलाई सिम्पल सम्मान–२०७५ बाट सम्मानित गरिएको छ। साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आट्र्सले राजधानीमा एक समारोहको आयोजना गर्दै गिरीलाई पत्रकारितातर्फको सिम्पल सम्मानबाट सम्मान गरेको हो।

राजधानीको मीनभवनस्थित एनके सिंह मेमोरियल एपीएस स्कुलमा आयोजित समारोहबीच कार्यक्रमका प्रमुख अतिथि फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले गिरीलाई सम्मान गरेका हुन्। गिरीलाई लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको सिम्पल आट्र्सले जनाएको छ। समारोहमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने कलाकर्मीलाई पनि सम्मान गरिएको थियो। आट्र्सका अध्यक्ष पुष्कर जंगमको सभापतित्वमा सम्पन्न २१औं सिप्पल सम्मान अर्पण कार्यक्रममा अभिनेतृ सुष्मा कार्की, साहित्यकार विधान आचार्य, चित्रकार अरूणा हिङमाङ र नवकलाकार कुबेर दाहाललाई आ–आफ्नो क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको थियो। संगीतकार बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तथा गायक सीताराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै सिम्पल सम्मान सबैको साथ र समर्थनका कारण मानक सम्मान बन्दै गएको चर्चा गरे भने निवर्तमान अध्यक्ष शंकर भारतीले हरके वर्ष संस्थाको छनोट कमिटीले आन्तरिक मूल्यांकनका आधारमा विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै आएको बताए। त्यसै गरी महासचिव केशव सान्दाइले संस्थाको गतिविधिको बारेमा प्रकाश पारे भने सल्लाहकार तथा जनप्रतिनिधि सरोज ढकालले संस्थानको सम्मान अर्पणको निरन्तरताको बारेमा चर्चा गरे। त्यसै गरी संस्थाका अध्यक्ष जंगमले अगामी दिनमा सिम्पल आट्र्सका गतिविधि र कार्यक्रमलाई अझ बृहत् बनाउँदै जाने बताए। सम्मानित साहित्यकार विधान आचार्यले सम्मानले जिम्मेवारी बढाएको बताए भने नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पुरानो संस्थाबाट प्राप्त सम्मानले गर्वानुभूति भएको बताए। अन्य सम्मानित व्यत्तित्वले पनि सम्मानले थप जिम्मेवारीबोध गरेको बताए। प्रमुख अतिथि फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले सिम्पल आट्र्सको व्यापकता बढ्दै गएको चर्चा गरे।