पुरस्कार दिन आएका मन्त्री व्यस्त भन्दै बिहेमा

0
Shares

विजय नेपाली, पोखरा

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय छनोट खेलको समापन कार्यक्रममा खेलाडिलाई सम्मान गर्न आएका खेलकुद मन्त्री जगत विश्वकर्मा बाहिर निस्केका छन। निकै हतारमा गएका मन्त्री विश्वकर्मा विहेमा गएका हुन्। पोखरा सृर्जना चोक देखि केहि माथि रहेको साइमन पार्टी प्यालेसमा आफ्नो आफन्तको विहेमा उनि पुगेका हुन। खेलाडीहरुले आफुहरुलाई क्षेत्रीय खेलकुद विकास समितिले मन्त्रीको हातबाट सम्मान पाउने भन्दै बोलाइ मन्त्री हतारमा गएको गुनासो गरे।

केहि समय अघि झापामा जारी प्रथम गिरीजाप्रसाद कोइराला स्मृति प्रदेश स्तरीय हक्की प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडि तथा हेटैँडामा जारी सहाना कप महिला हक्की प्रतियोगितामा कास्य पदक विजेता खेलाडी र आठौँ राष्ट्रिय खेलकुदको विभिन्न खेलको लागि सम्मान तथा पुरस्कारको लागि आएका खेलकुद मन्त्री विश्वकर्मा खेलाडीलाई सम्मान नगरी विहेमा गएका हुन। ‘हामिलाई मन्त्री ज्यूको हातबाट पुरस्कार लिन भनेर बोलाए, कुरेर बस्यौ तर मन्त्री ज्यू निस्कनु भयो‘ एक खेलाडिले बताए। सम्मानको लागि आएका मन्त्री कार्यक्रम छोडेर जादाँ दुख लागेको खेलाडिहरुले बताए।

मन्त्रीको हातबाट सम्मान तथा पुरस्कार लिन फुलकन्ट्याक कराते, पौडि र हक्किका खेलाडि कुरेर बसे पनि मन्त्री भने कुनै वास्ता नगरी आफन्तको विहेमा पुगेका हुन। खेलकुद मन्त्री विश्वकर्मा समापन कार्यक्रमा सहभागी भइ भाषण गरेर निस्केका हुन।

यदि विहेमा नै जान थियो भने खेलाडिलाई किन आश देखाउनु न्यायोचित देखिदैन भाषणमा भने निकै खेलाडिको भविष्य प्रति चिन्तित भएको भन्दै आश्वासन भाषण दिने मन्त्री खेलाडिको सम्मान छोडेर विवाहमा जानुले खेलाडिको मनोबलमा निश्चयनै निकै प्रभाव पार्छ।