आलिया सगरमाथा आरोही बन्दै

0
Shares

बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरूणिमा सिंहको बायोपिकमा अभिनय गर्ने भएकी छिन्।
उनले आफ्नो करिअरको बारेमा बर्न एगेन टु द माउन्टेन नामक एक किताब प्रकाशित गरेकी छिन्। जहाँ उनले आफ्नो जीवन संघर्षको बारेमा लेखेकी छन्। उक्त कितावमा आधारित बायोपिक फिल्ममा आलिया खेल्न तयार भएपछि फिल्मको छायांकन मिति सन् २०२० लाई तोकिएको छ। तर, निर्माण युनिट र आलियाबीच औपचारिक सम्झौता भने हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। समाचारअनुसार हाल आलिया उक्त किताब पढिरहेकी छिन्।