”अब चाँडै एकता”

0
Shares

सञ्जय कार्की, रौतहट

रौतहटको गरुडामा शनीबार आयोजित नेकपाको प्रदेशनम्बर २ स्तरीय आमसभा लाई अध्यक्षद्धयले सम्बोधन गर्नु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला अध्यक्षद्धयले प्रदेशनम्बर २ का कार्यकर्ता र जनता लाई सम्बोधन गर्दै अब चाडै एकता हुने बताउनु भएको छ।

सो सभा लाई सम्बोधन गर्नु हुदै नेकपाका अध्यक्ष एबम प्रधानमंन्त्रि केपी शर्मा ओलीले नेकपा तराई मधेश बिरोधी पार्टी नभएको बताउनु भएको छ। उहाले मन्तब्यको क्रममा प्रदेशनम्बर २ को बिकासका योजना अघि सारिएको बताउनु भयो। राजमार्गबाट सदरमुकाम जोडने सडक लाई चारलेनको निर्माण गर्ने, बीस बर्ष देखि हुलाकी राजमार्गको चर्चा चलेको थियो अब अर्को निर्बाचन अगाबै निर्माण गर्ने, फास्टट्रयाक समयमै निर्माण गर्ने, पुर्ब पश्चिम रेलमार्ग निर्माण हुने, गरुडा नगरपालिकाको चक्रपथ निर्माण गरिने, प्रधानमंन्त्रि आधुनिक कृषि कार्यक्रम प्रदेशनम्बर २ भरी संचालन गर्ने, सस्तो ऋण, कोल्डस्टोर निर्माण जस्ता बिकास निर्माण गरेर प्रदेश नम्बर २ का जनता लाई सुखि बनाउने उहाले बताउनु भयो।

यसैगरी उहाले तराई मधेशको बिखण्डनकारी शक्ति लाई समेत राष्ट्रिय राजनीतिको मुलधार र शान्ति प्रक्रियामा ल्याउने कार्य गरिएको बताउनु भयो। जनता झुक्याउने कार्य बन्द गर्न उहाले राजपा नेपाल लाई आग्रह गर्दै सम्बृद्ध नेपाल र सुखी जनता बनाउने सरकारको अभियानमा सहयोग गर्न उहाले आग्रह गर्नु भयो।
यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ९ प्रचण्ड ०ले नेकपाको तल्लो तह सम्मको एकिकरण प्रक्रिया टु«ङयाएर सरकारले तराई मधेशको लागि राष्ट्रय ब्यापी अभियान लिएर देशदौडाहामा आउने बताउनु भयो। दुई फरक पार्टीको फरक बिचारको एकता मिलन हुनु भनेको देशको राजनैतिक स्थायीत्वको लागि रहेको बताउनु भयो। ७० बर्ष पछि देशले राजनैतिक स्थायीत्व पाएको बताउनु हुदै उहाले बिखण्डकारी लाई प्रधानमंन्त्रिकै पहलमा शान्ति प्रक्रियामा ल्याएको बताउनु भयो।

सबै जाती बर्ग क्षेत्र, लिङ सबैमा एउटा राजनीतिक जागरण ल्याउने क्रममा मधेशका जनताको भुमिका अग्रणी रहयो। जस्ले गर्दा १३०० योध्दाले ज्यान गुमाएकै कारण आज नेपालको राजनीतिमा युगान्तकारी परिबर्तन आएको बताउनु भयो।

यसैबीच नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले बेसहाराको सहारा कम्युनिष्ट पार्टी रहेको बताउनु भयो। ठुला ठुला राजनैतिक परिबर्तनमा कम्युनिष्ट पार्टीको योगदान रहेको बताउनु भयो। मधेसी दलले नेकपा विरुद्ध भ्रम फैलाएको भन्दै त्यसलाई नपत्याउन जनतालाई आग्रह गर्नु भयो। नया चेतना र नया संकल्पका साथ प्रदेशनम्बर २ मा पनि नेकपा बलियो पार्टी रहेको बताउनु भयो। कम्युनिष्ट पार्टीको बारेमा सबैले बुझन जरुरी रहेको बताउनु हुदै उहाले भ्रस्टाचार अन्त्य गर्न चाहेको बताउनु भयो।

यसैबीच नेकपाले प्रदेशस्तीय गरेको आमसभा निकैनै खर्चिलो रहेको थियो। आफना पार्टी बाट बिजयी जनप्रतिनिधि संग एक महिनाको तलब लेबी बापत पार्टीले उठाएको थियो। आठ वटै जिल्लाबाट कार्यकर्ता उतारिएको थियो। स्कुल बसको समेत प्रयोग गरिएको थियो।