नारी दिवसका अवसरमा नारीलाई आत्मरक्षा तालीम

42
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
“लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ भन्ने मुल नाराका साथ १०९औँ अन्र्तराष्ट्रिय नारी दिवस भक्तपुरमा बिभिन्न कार्यक्रम गरि मनाइयो ।युवाका साथ साथ आवाज नेपालले अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सुर्यबिनायक नगरपालिका, गैसस महासङ्घ भक्तपुर र अन्य सङ्घसंथाहरुको समन्वयमा १५ देखि २५ वर्ष सम्मका नारीहरुलाइ आत्मरक्षा तालिम प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रदेस ३ का सांसद शशीजङ्ग थापाले एसिया बिश्वकै सबैभन्दा बढी महिला हिंसा र दुबर््यवहार हुने स्थानमा रहेको र नेपालमा पनि लैङ्गिक, यौनिक हिंसाको संख्या उच्च रहेको बताउनुभयो । उहाँले देशका प्रत्येक वडा र प्रत्येक नारिले आत्मरक्षाका सिपहरु सिक्नु पर्ने र सिकाइनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै जिसस भक्तपुरकी उपप्रमुख सरिता कँुवरले नारी दिवस १ दिन होइन ३६५ दिननै मनाइनुपर्ने , लैङ्गिक समानता कायम हुनुपर्ने कुरा बताउनुभयो ।त्यसैगरी सुर्यबिनायक नगरपालिका उपप्रमुख जुना बस्नेतले नेतृत्व तहमा अझै पनि महिला सहभागीता न्यून रहेकोमा दुख ब्यक्त गर्दै समाज बिकासका लागि समानता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सुर्यबिनायक नगरकार्यपालिका सदस्य दिपक बिसुन्के, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, समाजसेवी बिष्णुहरी दाहाल लगायतले नारी दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्लाका ७० जना भन्दा बढि किशोरी, महिलाहरुको सहभागीता रहेको थियो ।

यसैगरी युवाका साथ साथ आवाज नेपालले अधिकारको लागि यात्रा नामक भन्दै साईकल र्यालीको आयोजना गरेको छ ।यात्रा सानोठिमीबाट सुरु भएर पुरानो थिमी ,ब्यासी ।कमलबिनायक,च्यामासिंह,जगाते हुँदै सुर्यबिनायकमा पुगी समापन भएको थियो । र्यालीमा सय भन्दा बढीको सहभागिता रहेको र महिला हिंसा बिरुद्ध यात्राको आयोजना गरिएको संस्थाका संस्थापक दिपेश बिसुन्केले बताउनुभयो ।

यात्राको उद्घाटन गर्दै प्रदेश नं.३ का सांसद सरस्वती बाटीले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताउनुभयो ।र्यालीमा समाजसेवी श्याम बस्नेत,मदन महर्जन लगायतको सहभागिता रहेको थियो भने एक हातले साईकल चलाएका रामबहादुर अधिकारीले यात्राका क्रममा धेरैको ध्यान आकर्षण गरेका थिए ।