सवारी दुर्घटनामा ८ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
सुनसरी, दाङ, सर्लाही, सप्तरी, भक्तपुर, नवलपरासी ९पश्चिम० र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

सुनसरी, कोशी गाउँपालिका ८ नेहरुपार्कस्थित सडकमा को३३ प २०५१ नम्बरको मोटरसाइकललाई बा५ख ७११६ नम्बरको माईक्रोबसले शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका ३ फत्तेपुर बस्ने ६० वर्षीय अम्मरबहादुर थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन सहित माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिऐको छ ।

दाङ, घोराही उपमहानगरपालिका ४ सवारीपुरस्थित भित्री सडकखण्डमा रा।३ प ३३७५ नम्बरको मोटरसाइकललाई रा।१ ख ८९० नम्बरको ट्रिपरले शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बंगलाचुली गाउँपालिका ३ बस्ने ५६ वर्षीय ठाकुरप्रसाद महरालाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय कमलाल पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, लमही नगरपालिका(१ नर्तीस्थित राजमार्गमा रा५ प १७९३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको हाते ट्याक्टरमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय सुशिल चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ६ बस्ने १९ वर्षीय अमित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बागमती नगरपालिका(१२ स्थित भित्री सडकखण्डमा लु।२ त ३३४३ नम्बरको ट्याक्टर शुक्रबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँस्थित थिङ टोल बस्ने ४६ वर्षीय यज्ञबहादुर बुढाथोकीको सभ्यता हेल्थ केयर कर्मैयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार झापा मेचीतारा नगरपालिका ३ बस्ने २६ वर्षीय सलमान मगर समेत घाइते भएकाले उपचारको लागि सोही अस्पतालमा पठाइएको छ ।

सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका(४ स्थित राजमार्गमा को २४ प १०४६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रुपनी गाउँपालिका(९ रायपुर बस्ने २५ वर्षीय धिरेन्द्र चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने मोटरसाइकल चालक २३ वर्षीय ताराकान्त चौधरी र १९ वर्षीय निरज चौधरी समेत घाइते भएकाले गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका ६ घलाते चोकस्थित सडकमा बा।९५ प ३३१८ नम्बरको स्कुटर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सुर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसङखुपाखा(२ का २६ वर्षीय राजिब लामाको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटरमा सवार पाण्डुबजार बस्ने रामेछाप सुनपाति(४ का २३ वर्षीय पासाङ तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी ९पश्चिम०, सुनवल नगरपालिका(३ कीर्तिपुरस्थित राजमार्गमा बा।४ ख ९४९० नम्बरको यात्रुवाहक बसले शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीलाई सोही ठाउँस्थित प्रगतिटोल बस्ने ३८ वर्षीय हरिबहादुर दर्जीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, उदयपुरगढी गाउँपालिका(७ कमानस्थित सडकखण्डमा ना।१ क ८३४७ नम्बरको ट्रिपरले बा।९३ प ९४३२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय बलबहादुर पुलामी मगरको घट्नास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक २३ वर्षीय सुजन मगर घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । फरार ट्रिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।