स्वास्थ्य शिविरमा ४ लाख बढीको औषधि वितरण

0
Shares

इलाम ।
इलामनगरपालिका २ सुम्बेकमा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा बिभिन्न आठ प्रकारका स्वास्थ्य सम्बन्धिको सेवा दिइएको थियो । जसमा चारसयजना भन्दा बढीले शिबिरबाट सेवा लिएका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरीपालिका समिती इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा शिबिर सञ्चालन गरीएको थियो । शिबिरमा हाडजोर्नी तथा नशा रोग, फिजीयोथेरापि, स्त्री रोग सम्बन्धिका बिभिन्न सेवा दिइएको थियो भने, आँखा जाँच, दन्तसेवा, चर्म रोग, मधुमेह सहित अन्य बिभिन्न सेवा उपलब्ध गराएको आयोजकले जनाएको छ । शिबिरमा चारलाख रुपैंयाँ बढिको औषधि निशुल्क बितरण गरीएको थियो ।

इलामनगरपालिकाले केही मात्रामा औषधि खरीद गरेको थियो भने इलामनगरपालिका भित्रका केही औषधि ब्यबसायिले निशुल्क औषधी उपलब्ध गराएका थिए शिबिरमा इलाम अस्पतालका मेडीकल सुपरीटेण्डेट डाक्टर पवनजंग रायामाझि र धरान बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चर्म रोग बिशेषज्ञ डाक्टर गुरु पौडेल सहित १२ जना स्वास्थ्यकर्मीको टोलिले सेवा दिएका थिए ।

शिबिरको उद्घाटन वडाध्यक्ष नारदमणि लम्सालको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा स्थानीयलाई शान्ति शुरक्षाका बिषयमा जनचेतना मुलक ब्रोसर, पर्चा, पम्प्लेट र बुकलेट समेत बितरण गरिएको थियो ।