अंग्रेजी नोबेल ‘अ वाक अवे फ्रम होम’ को विमोचन

0
Shares

काठमाडौं ।
१८ वर्षीय अनिश घिमिरेको अंग्रेजी भाषाको नोबेल ‘अ वाक अवे फ्रम होम’ को शनिबार विमोचन गरिएको छ । काठमाडौंको थापागाउँ स्थित कुन्ज थिएटरमा आयोजित एक कार्यक्रम माझ उक्त नोबलको विमोचन नेपाल सरकारका सचिब चन्द्र घिमिरे, अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेल, प्रोफेसर ईन्द्र कार्की, नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमला र नोबलिस्ट अनिशका पिता अशोक घिमिरेले संयुक्त रुपमा गरेका हुन् ।

नोबलको विमोचन पस्चात कार्यक्रममा बोल्ने क्रममा सचिब घिमिरेले नेपालको साहित्य सिर्जनाको क्षेत्रमा अंग्रेजी भाषाका कृतिहरुको खडेरी रहेको अवस्थामा ‘अ वाक अवे फ्रम होम’ ले युवा पुस्ताको भावनालाई कलात्मक रुपमा प्रस्तुत गरेको र सिर्जनात्मक क्षमताका माध्यमबाट उत्कृष्ट लेखन शिप र शैलीका माध्यमबाट पाठकलाई बाध्न सक्ने ल्याकत राख्ने भन्दै अनिशको लेखनको तारिफ गरे ।

‘अ वाक अवे फ्रम होम’ का लागि भूमिका लेखन समेत गरेका अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेलले किशोरवय अवस्थामा अनिश घिमिरेले लेखन गरेको कृति भाषा, शैली, शिल्प, विचार सबै हिसाबले अब्बल रहेको र अनिश घिमिरेबाट आफू धेरै सिक्ने अवसर पाएको बताउदै उक्त पुस्तक विधालयको कोर्शमा राख्न आवश्यक र उपर्युक्त रहेको धारणा राखेका थिए ।

त्यसैगरि, प्रोफेसर ईन्द्र कार्कीले अ वाक अवे फ्रम होम नोबल सबै तह र तप्काकाले पढ्न आवश्यक रहेको बताउदै उक्त नोबलले अंग्रेजी भाषा साहित्य फाट्मा गर्विलो उपस्थिती जनाउन सक्ने संभावना प्रवल रहेको बताए ।

नेपाल टेलिभिजनका पूर्व निर्देशक धमलाले सर्जक पिता अशोक घिमिरे पुत्र अनिश पनि सिर्जनामा लाग्नु सम्योग मात्र नभई प्रेरणाको श्रोत नै रहेको आफूले अनुभुत गरेको धारणा राखेका थिए ।

सैन्ट जेभियरका खेम प्रसाईले अक्षरको खेती नै विश्वको सबै भन्दा ठुलो र उन्नत खेती रहेको बताउदै बाल्यकालका अनुभुतीहरुलाई अक्षरको खेती मार्फत विश्वसामु बहुमुल्य सिर्जना पस्कन सके अझ राम्रो हुन्थ्यो भन्ने आफुलाई लागेको बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका प्रवर्धन् शाखा प्रमुखका रुपमा कार्यरत नोवलिस्ट आशिसका पिता अशोकले मानव जीवन अनुभुतीको पुन्ज भएको र अनिशको कृति मानव जीवनको अनुभुतीको मिठासपूर्ण अभिब्यक्ती रहेको बताए ।

कार्यक्रममा उपन्यासकार अनिशले कल्पनाशिलताले नै सिर्जनाको उत्पत्ती गर्ने बताउदै आफू पनि कल्पनामा डुब्न रमाउने गरेको र सोही बानीले नै आफू नोबल लेखन कार्यमा संलग्न हुन सहज भएको धारणा राखेका थिए ।

कार्यक्रममा कलाकार एवम् ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए ।