हराएका पर्यटक र गाईड हिउँ पहिरोको सिकार बने

0
Shares

मनाङ ।
गत फ्रेवरी २१ तारीक बाट संपर्क विहीन अन्नपुर्ण पदमार्गमा अएका होलेन्डका नागारीक डोलोमा डेसीलेन्ट र उनका गाईड अजय ढकाल मनाङ ङिस्याङ गाउँपालिीका अन्तरगा पर्ने ढिकुर पोखरी नजिकको क्याङली भिरमा आएको हिमपहिरोको सिकार भएका छन् ।

थोरङ पासका लागि माथिल्लो भेग गुम्छाङ हुदै लेदर सम्म पुगेर फर्कने क्रममा ढिकुर पोखरी नजिकको क्याङली भिरमा आएको हिउँपहिरोमा परेको र टुरीष्ट गाईड अजय ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चामे मनाङका ईङसपेटर श्रबेन्द्र कुमार बि क ले बताए ।

गाईड अजय ढकालको शव उनका दाईले पहिचान गरेका हुन् । उनको शव पोष्टमाटमका लागि हेली बाट आजै काठमान्डौ लैजाने भएका छन् ।

हराएका होलेन्डका नागारीक डोलोमा डेसीलेन्टको भने खोजीकार्य जारी रहेको बताए । इङसपेटर बि कका अनुसार उनि पनि सोही ठाउँमा पहिरो सिकारमा परेको हुनु पर्ने बताए ।

जिल्ला प्रहरीकार्यलय चामे मनाङले खोजीकार्य गरीरहेको प्रहरी इंसपेटर श्रबेन्द्र कुमार बिश्वकर्मले बताएका छन् ।
उनका अनुसार हुम्डे प्रहरी चौकि हुम्डे मनाङले माथिल्लो बेल्ड, पिसाङ, ङावोल,घ्यारु,लगायतका ठाउँमा खोजीकार्य भइरहेको बताए । चामे मनाङले पनि खोजीकार्य तिब्र बनाएको ईसपेटर बिश्वकर्मले बताए