राप्रपाको विस्तारित बैठक चैत १ मा

0
Shares

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ सङ्गठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसङ्घर्ष, देशको समसामयिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टीका नेत्री सरस्वती केसीले जानकारी दिनुभयो ।

उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने सङ्गठन सुदृढिकरण, राजनीतिक गतिविधिलगायत विषयमा धारणा तय गरिने छ । हिन्दूराष्ट्रको पुनःस्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताको खारेजी, सन् १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको माग गर्दै पार्टीले यही फागुन १५ गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको छ । सो यात्रा यही फागुन ३० गते काठमाडौँमा समापन गरिने भएको छ ।
रासस