महोत्सवको एकै दिन ५ लाख बढिको टिकेट विक्रि

0
Shares

विमल विष्ट, डोटी ।
चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु ५ लाख भन्दा बढीको टिकट विक्रि गरेको छ । यहि फागुन १७ गते देखी सुरु गरेको उक्त प्रादेशीक महोत्सबको आजको एकै दिनमा महोत्सब स्थल भरिभराउ भएपछि आयोजकले केहि समयका लागि टिकट विक्रिमा समेत रोक लगाएको थियो ।

महोत्सबको आकर्षणका रुपमा रमेशराज भट्टराईलाई हेर्न हजारौ दर्शकहरु महोत्सब स्थल सम्म पुगेका थिए । भट्टराईले बेहुला बनाउथि भन्थ्यी बहुँला बनाएर गई भन्ने बोलको गित गाउदा महोत्सब स्थल पुरै तातेको थियो । त्यस्तै नेपाली हास्य टेलिश्रृखलाका कलाकारहरु जिग्री र पाण्डे पनि महोत्सवका अतिथी कालाकार सहभागी रहेका थिए । जिग्री र पाडेले दर्शकहरुलाई हसाउनुका साथै नचाएका थिए । महोत्सव आयोजक सँस्थाका अनुसार ८ दिनको अबधिमा करिब रु १५ लाखको टिकट विक्रि भएको छ ।

उक्त महोत्सव क्षेत्रमा आयोजकले सञ्चालन गरेको निशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट हाल सम्म ५०० भन्दा बढी विरामीहरुले सेवा लिएको र ८० भन्दा बढीले निशुल्क चस्मा लिएको आयोजक सँस्था चेम्बर अफ कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आँखाका ३० भन्दा बढी विरामीहरुको सल्यक्रियाका लागि जिल्ला बाहिर सिफारिस गरिएको छ । त्यस्तै धुर्मुस सुन्तती फाउण्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय खेलमैदान निर्माणका लागि करिब १३ हजार रुपैयाँ समेत सँकलन भएको चेम्वर अफ कमर्शका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिनुभयो ।

यहि फागुन १७ गतेबाट सुरु भएको उक्त प्रादेशिक महोत्सव फागुन २७ गते सम्म सञ्चालन हुने छ । महोत्सव अवलोकनका लागि छिमेकी जिल्ला कैलाली,कञ्चनपुर,डडेल्धुरा,अछाम,बझाँङ,बाजुरा तथा बैतडीका स्थानियहरुपनि आउन थालेको चेम्वर अफ कमर्शका प्रेस सल्लाहकार रोजेन्द्र जोशीले बताउनुभयो ।