नगरपालिका र प्रशासनको आडमा खुलेआम जुवातास र लङ्गुरबुर्जा

14
Shares

नगरपालिका र प्रशासनकै आडमा दार्चुलाको शैल्यशिखरमा जुवातास खेलाउने गरेको पाइएको छ । दार्चुलाको गोकुलेश्वरमा मेला तथा महोत्सव सञ्चालनमा रहेकाबेला नगरपालिकाले नै स्विकृती दिएर मदिरा तथा जुवातास, लङ्गुरबुर्जा, टिठ्ठा खेलाउदै आएको व्यापारीको दाबी छ ।
बिभिन्न मेला, महोत्सब, जात्रा, बिवाह, ब्रतबन्ध लगायत सार्वजनिक कार्यक्रमहरुमा सार्वजनिक ठाउँमै खुलेयाम जुवातास खेल्ने, खेलाउने र मदिरा सेवन तथा बिक्रितिरण गर्ने गरेको स्थानीयहरुको आरोप छ । जुवातास खेल्ने र मदिरा सेवन गर्नेहरुमा बालकदेखी बृद्ध अनि बौद्धिक बर्ग सबैको जमात सहभागि रहेको स्थानीय रामसिंह बिष्टले बताए । महाशिवरात्रीको अवसरमा फागुन २० गतेदेखी शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा ऐतिहासीक ब्यापारीक मेला लागेको छ ।

मेलामा मदिरा सेवन र जुवातास खेल्ने खेलाउने जस्ता असमाजिक गतिबिधिका कारण शारीरिक, आर्थिक, मानसिक, पारिवारीक, धार्मीक, सास्कृतिक लगायतका थुप्रै क्षती एबं समस्याहरु र बालकदेखी सबै बर्गका मानिसहरुको मनोबिज्ञानमा नकारात्मक असर परेको स्थानीय वृद्ध नामीराम चुनाराले बताए ।

गोकुलेश्वर बजारमा लागेको मेलामा सार्वजनिक स्थलमा खुलेयाम जुवातास खेलाउदा नराम्रो शन्देश गएको भन्दै समाजिक सञ्जालहरुमा समेत चर्को आलोचना भइरहेको छ । मेलाका विभिन्न ठाउँहरुमा अवैध रहेको लङ्गुरबुर्जा, चिठ्ठा खेलाइरहेको पाइएको र सार्वजनिक ठाउमा यसरी खेलाउन पाइदैन, यसलाइ बन्द गर्नुहोस भनेर प्रहरीलाई खबर गर्दा प्रहरीलाई खबर गर्दा, नगरपालिकाले अनुमती दिएको हुँदा आफुले केहि गर्न नसक्ने प्रहरीको जवाफ रहने गरेको स्थानीय युवा जिज्ञासु खत्रीले बताए ।

यसरी नगरपालिकाले सार्वजनिक अपराध तथा अवैध गतिविधिहरुलाई नै प्रोत्साहनका साथ सञ्चालनका लागि अनुमति दिँदा त्यसको नकारात्मक प्रतिफल स्थानीयहरुले भोग्नु परेको छ ।

शैल्यशिखर नगरपालिकाले सांस्कृतीक महोत्सब लगाउन नदिएको तर लग्गुर बुर्जा लगायत बिभिन्न अवैध प्रवृतीलाइ अनुमति पत्र दिएकोमा स्थानीय व्यापारी तथा युवा सशंकित भएका छन् ।