गाउँपालिका नजिकै २ वटा वम

0
Shares

महेश न्यौपाने, रोल्पा
रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिक २ वेवारिसे अवस्थामा राखिएका २ वटा वम फेला परेको छ ।

जुगार स्थीत गाउँपालिका कार्यालय देखी ५० मिटर दुरीमा रातो झोला भित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त वम फेला परेकोे हो । वम विस्फोट नभएका कारण मानवीय तथा भौतिक क्षती हुन नपाएको वताइएको छ । विहिवार विहान स्थानीयहरुले उक्त वम देखेपछि त्रसित भएका थिए । वम रहेको स्थान वारे स्थानीयहरुले प्रहरीलाई खवर गरे पछि अप्रीय घटना हुन वाट जोगिएको वताइएको छ ।

हाल प्रहरी घटना स्थल तर्फ पुगि सकेको स्थानीय करण रानाले जानकारी दिए । वम कसले कुन उद्धेश्य राखेको भन्ने खुल्न सकेको छैन । गत वुधवार गाउँपालिका कार्यालयको गाडी तोडफोड गर्न आएको समूहले भाग्ने क्रममा उक्त वम छोडेर गएको हुन सक्ने अनुमान गरिएको छ ।

विप्लवको बन्दले रुकुमको जनजिवन प्रभाबित
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दका कारण रुकुम पश्चिमको जनजिवन प्रभाबित भएको छ । गिरफ्तारमा परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा राप्ती ब्यूरोले बन्द आव्हान गरेको हो । बन्दका कारण रुकुमबाट बाहिरिने तथा रुकुम प्रबेश गर्ने यातायात ठप्प हुँदा गन्त्व्यमा पुग्ने यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । शैक्षिक संस्था, कलकारखाना पुर्ण रुपमा बन्द रहेका छन् ।

फागुन २० गते आफ्नो पार्टीका रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन तथा फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरिएको भन्दै ‘विप्लव’ नेतृत्वको नेकपाले साविकको राप्ती बन्द गरेको जनाएको छ ।

ब्यूरो इञ्चार्ज सुवासले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियान जुटिरहेको देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ ।