मोतीराम तिमल्सिना, काभ्रे
तिलेश्वर महादेव मन्दिर निर्माणका लागि बेथान्चोक गाउँपालिका चलालमा आयोजित स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५ मा दानको प्रतिस्पर्धा भएको छ ।
बेथान्चोक गाउँपालिकाले ५ लाख ५ हजार ५ हजार ५ सय ५१ रुपैया दान गर्ने घोषणा गरे पछि प्रदेश सभा सांसद बसुन्धरा हुमागाईले १० लाख दिने घोषणा गरे । ब्यक्तिगत र संस्थागत रुपमा दान गर्नेहरुलाई आयोजक संस्थाले भब्य सम्मान गरेको छ । सप्ताहमा नगद र तुला दान समेत गरी झण्डै ७० लाख संकलन भएको छ । ‘हामीले सोचे भन्दा धेरै भक्तालु दाताहरुले सहभागिता सहितको दान गर्नु भयो’– सप्ताह आयोजक समितिका संयोजक कृष्णबहादुर लामाले भने–‘दानको सहि सदुपयोग हुनेछ ।’
महाशिवरात्रीको दिन दाताहरुको ओईरो लागेको थियो । श्रीमती तारा कार्कीले १ लाख २१ हजार १ सय ११ रुपैया दान गरेकी थिईन् । तिलेश्वर महादेव मन्दिरको पुर्ननिर्माणका लागि ह्दय देखि नै सहयोग गरेको श्रीमती तारा कार्कीले बताईन् । ‘घर खर्च कटाएर मन्दिरको पुर्ननिर्माणका लागि आफ्नै स्थानमा राम्रो कार्य होस् भन्ने उदेश्यले परिवारको सल्लाहबाट दान गरेका हौ’–कार्कीले भनिन् ।
तारा कार्कीले सहयोग गरेको केहि घण्टामै स्थानीय मेनुका थापाले नगद ४ लाख दान गरिन् । रक्षा नेपाल मार्फत सामाजिक अभियानमा सक्रिय थापाले नगद दान गरेकी थिईन् । पनौतीका दिनेश शाहिले नगद ३ लाख दान गरेका थिए । सप्ताह आयोजक समितिका संयोजक कृष्ण लामा आफैले नगद १ लाख १६ हजार ७ सय ७७ रुपैया दान गरे । अर्जुन कार्कीले १ लाख २० हजार दान गरेका थिए भने संस्थागत रुपमा चण्डेश्वरी रोडा ढुंगा उद्योगका प्रोपाईटर सानुबाबु खत्रीले १ लाख ५१ हजार रुपैया दान गरेका थिए ।
महाशिवरात्रीको पावन अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोककल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवं समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्तिका हेतुले तिलेश्वर महादेव मन्दिरको प्रचार प्रसार एवं विकास तथा पुर्ननिर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ पाटीखर्कमा रहेको उक्त मन्दिरको पुर्ननिर्माणका लागि संयोजक कृष्णबहादुर लामा, सह संयोजक किरण कार्की लगायतले तिलेश्वर महादेवकोे इतिहास र किवदन्तीका बारेमा जानकारी गराएका थिए । कथा ब्यास राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजीको मुखारविन्दुबाठ अमृतय श्रीमद्भागवत भक्ति सत्सगं महायज्ञबाट संकलित रकमले तिलेश्वर महादेवको पुर्नर्निमाण गरिने सह संयोजक किरण कार्कीले बताए ।
बेथान्चोक गाउँपालिकाको उक्त क्षेत्रलाई पर्यटकिय, धार्मिक र सांस्कृतिक क्षेत्रका रुपमा विकास गर्ने र उक्त महादेवको दर्शन गर्दा समस्त नेपाली तथा दर्शनावलीहरुको कामना पुग्ने भएकाले त्यस स्थानको प्रचार प्रसारका लागि पहिलो पटक महायज्ञ मार्फत कार्य शुरु गरिएको संयोजक कृष्णबहादुर लामाले बताए । पुर्ननिर्माणका लागि प्रारम्भिक लागत २ करोड लाग्नेछ ।











प्रतिक्रिया