प्रदेश २ को आर्थिक सम्भावना बारे चर्चा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उपप्रधानमन्त्री उपेन्द्र यादवले परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघले प्रदेश – २ सरकारले संयुक्त रुपमा जनकपुरधाममा आयोजना गरेका ‘समृद्धिको मार्गचित्र’ विषयक छलफल कार्यक्रममा उहाँले सो खाँचो औल्याउनुभएको हो ।स्वास्थ्य, वातावरण तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री यादवले प्रदेश–२ को आर्थिक समृद्धिको आधार कृषि हुने सक्ने पनि बताउनुभयो ।

‘पुरानो प्रविधि तथा पुरानै शैलीको खेतीले प्रदेशले सोचेको आर्थिक समृद्धि हासिल गर्न सक्दैन । त्यसका लागि हालको सोच बदल्नु पर्दछ ।’ उहाँले भन्नुभयो ‘ कृषिलाई आधुनीकिकरण गरिनु आवश्यक छ । ’सो अवसरमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा समृद्धिका थुप्रै आधारहरु रहेको वताउँदै लगानी विना संमृद्धि सम्भव नभएको धारणा राख्नुभयो । मुख्यमन्त्री राउतले लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार हरवखत तयार रहेका पनि बताउनुभयो ।

‘लगानी आकर्षण गर्न जुनसुकै समस्याको समाधान गर्न सरकार तयार रहेको छ ।हामीहरुले सरकार गठनकै बेलादेखि लगानी मैत्री वातावरण निर्माण गर्ने नीति लिएका छौं । लगानी भित्र्याउन आवश्यक सबै पँर्वाधार तयार गरी लागानी सुरक्षाको सुनिश्चितता प्रदेश सरकारले गर्ने छ ।’ मुख्यमन्त्री राउतले भन्नुभयो ।आर्थिक विकासको लागि कानँन बनाउने कार्य तीब्र गतिमा भइरहेको बताउँदै मुख्यमन्त्री राउतले आगामी चैत मसान्तभित्र प्रदेशमा उद्योग सम्बन्धी कानुन बनिसक्ने जानकारी दिनुभयो । उहाँले लगानीकर्ताहरुलाई प्रदेश–२ मा लगानीका गर्न आह्वान समेत गर्नुभयो ।

प्रदेश–२ का भौतिक पँर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कृषि तथा कृषि संग संवन्धित उद्योगको थुप्रै सम्भावना भएको बताउँदै त्यसलाई मँर्त रुप दिन सरकारले आन्तरिक सडक संजाल तथा अन्य भौतिक पँर्वाधारहरुको विस्तारमा जोड दिइरहेको बताउनुभयो ।

प्रदेश–२ कै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सरकारले भँमी बैंकको परिकल्पना गरिरहेको र छिटै लागँ गर्ने गरी काम अघि बढाउने जानकारी दिनुभयो ।‘प्रदेशले शिक्षामा समेत लगानी बढाएको छ, यसले दक्षजनशक्तिको आवश्यकता समेत पुरा गर्ने छ’, उहाँले भन्नुभयो ।

सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश–२ भु–भागमा सानो र जनसंख्या धेरै रहेको बताउँदै समथर भुभाग, उपलब्ध सिँचाई र उर्भर भँमी कृषि, उद्योगका लागि ठँलो सम्भावना रहेको धारणा राख्नुभयो । मानव विकासको सुचांक अन्य प्रदेशहरुको तुलनामा न्यँन रहेकोले शिक्षामा ठुलो लगानी गर्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।

यस अघि प्रदेश–२ का समृद्धिका आधारहरु पहिचान गर्ने क्रमका परिसंघ प्रबुद्ध परिषदका संयोजक, पँर्व राजदुत डा. सम्भुराम सिंखडा, राष्ट्रिय योजना आयोगका पँर्व उपाध्यक्षत्रय डा. शंकर शर्मा, डा. गोविन्दराजपोख्रेल तथा डा. स्वर्णिम वाग्लेले प्रदेश–२ को आर्थिक समृद्धिका आधारहरु तथा योजनाहरुका बारे चर्चा गर्नुभएको थियो ।