१० लाख ठगी गर्ने ३ जना पक्राउ

0
Shares

मेलम्ची ।
रु १० लाख ठगी गरी फरार रहेका तीन जनालाई प्रहरीले आज काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ ।

गत पुस १७ गते बलेफी गाउँपालिका–५ अरनिको राजमार्गबाट रु दश लाख ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–५ गातीका प्रेमबहादुर तामाङ, सिङ्गबहादुर तामाङ र साजन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
रासस