अर्काकी श्रीमती भगाउने पक्राउ

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाल भारत सीमानाका बैतडीको झुलाघाटवाट भागेर भारत जान लागेका एक जोडीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका ५ का २३ बर्षीय शंकर बोहरा र २१ बर्षीया हरिना बोहरा(नाम परिवर्तन)रहेका छन् । दुबैजनाको पहिला घरमा बिहे रहेकोले उनहरुले बहुविवाह गरेर भारत जान लागेको बुझिन आएको निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक दीपक पातलीले बताए ।

बझाङ प्रहरीमा ३ दिन अगाडी बहुविवाह गरी भागेको भन्ने मुद्धा परेको रहेछ उनले भने“भारत जाने सीमानाका बैतडीमा पर्ने भएकोले हामीलाई खबर आएको थियो”
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । दुबैजनालाई बिहीवार दुबैजनालाई बझाङ प्रहरीलाई बुझाउने बताईएको छ ।
यसबारे थप अनुसन्धान गर्ने भईरहेको छ ।