बृद्धबृद्धालाई न्यानो कपडाका साथै झोला प्रदान

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा चिसोबाट बच्नका लागि बृद्धबृद्धालाई न्यानो कपडा प्रदान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ का विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गरिएको छ । वडामा रहेको कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने चारसय ३६ विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको हो ।

नेपाल खीष्टिय राहत सेवाको सहयोगमा मुसिकोट नगरपालिकाले विद्यार्थीलाई पोशाक र झोलासँगै जेष्ठ नागरिकलाई फाइबर सिरक समेत प्रदान गरेको छ । सोही वडाका दुईसय ११ जना ज्येष्ट नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको नगरपालिकाले जनाएको छ । हरेक किसिमको जोखिममा जेष्ठ नागरिक र बालबालिकाहरु नै बढि प्रभावित हुने भएकोले उनिहरुलाई नै प्राथमिकतामा राखेर आफुहरुले सहयोग गरेको नेपाल खीष्टिय राहत सेवाका कोषाध्यक्ष मुकुन्द शर्माले बताउनुभयो ।

यसबर्ष अत्यधिक हिमपात भई जाडो बढेको हुँदा बढि प्रभावित हुने समुदायलाई नै न्यानो महशुस होस भन्ने हेतुले सामाग्री वितरण गरिएको आयोजकले जनाएको छ । वडा नम्बर ४ को बालकल्याण मावि सोलाबाङ र सितलपोखरीबाट सहयोग सामाग्रीहरु वितरण गरिएको थियो । सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख देवीलाल गौतमले सहयोगका लागि राहत सेवालाई धन्यवाद दिनुभयो ।