पूर्ववडा महारानी शाह नर्भिक अस्पताल भर्ना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

पूर्ववडा महारानी रत्नराज्य लक्ष्मीदेवि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई गत एक सातादेखि लगातार रुघा, खोकी लागिरहेको थियो ।

९१ बर्षीय शाहलाइ खोकी लाग्ने, कफ आउन गाह्रो हुने जस्ता समस्या देखिएपछि खोकीको औषधी चलाइएको थियो । साथै उहाँलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएपछि हस्पिटलमा भर्ना गरिएको हो ।

उहाँको स्वास्थ्य डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराजपाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्रश्री बास्तवको प्रत्यक्ष रेख देखमा उपचार शुुरु गरिएको छ ।