राजनैतिक नेतृत्व गलत बाटोमा लाग्दा धर्म कमजोरः चन्द्र भण्डारी

0
Shares

अनिल खत्री, गुल्मी ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले राजनैतिक नेतृत्व गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताएका छन् । मंगलवार महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको हिरक महोत्सव तथा धनधान्यान्चल महायज्ञको समापन गर्दै संसारका देशहरु संस्कृत पढ्न थालेको बताए ।

उनले नेपालमा संस्कृत भाषा जलाउनुनै गम्भिर गल्ती भएको बताए । नेता भण्डारीले संस्कृत भाषाले मात्रै मानिसको चेतना विकासमा सहयोग पुर्याउने बताए । शिक्षा असल नहुँदा युवा विदेशिनु परेको भन्दै पूर्व सांसद समेत रहनुभएको भण्डारीले राजनैतिक नेतृत्व तथा जनप्रतिनिधि कुर्चिमोहमा फसेको भन्दै देशलाई मागि खाने बनाइएको बताए ।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित गत फागुन १३ देखि गरि शुरु गरिएको थियो । विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्देश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सञ्चालन गरेको हो ।

५ करोडको लक्ष्य लिइएको महायज्ञवाट झण्डै ६ करोड आम्दानीभएको लेखा समितिका संयोजक डिल्लीराज खरेलले जानकारी दिए । लक्ष्य भन्दा वढि रकम सहयोग प्राप्त भएपछि आयोजकले महोत्सव सफल भएको दावि गरेका छन् ।

महायज्ञ लगाएर संकलन गरिएको रकमलाई सहि प्रयोग गर्दै विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले बताए । उनले महोत्सव सफल पार्न सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरे । २०१६ सालमा स्थापना भएको विद्यालयमा नेपाली तथा अंग्रेजी माध्यमममा कक्षा संचालन हुँदै आएको छ ।