खुकुरी देखाई लुटपाट गर्न खोज्ने २ जना पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
खुकुरी देखाई लुटपाट गर्न खोज्ने २ जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर गोठाले बस्ने २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतमलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भक्तपुर नगरपालिका–९ लिवालीस्थित बा.५ ख ४००६ नम्बरको बसका सहचालक च्यामसिंह बस्ने २० वर्षीय दिपेश गिरी र सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रकाश गिरीलाई खुकुरी देखाई लुटपाट गर्न खोजेको प्रहरीको भनाई छ ।

यसबारे खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापा र गौतमलाई खुकुरी १ थान र विभिन्न कम्पनीका मोवाइल ९ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।