प्रमको गृह जिल्लामा नेकपाको स्थानीय एकता टुंगियो(सूचीसहित)

0
Shares

नेपाल समाचारपत्र, झापा ।
प्रधानमन्त्रीको गृह जिल्ला झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय एकता टुंगिएको छ ।

मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहिद दिवसको अवसरमा झापाको सुखानी आउने कार्यक्रमलाई मध्यनजर गरी वडा कमिटीको नेतृत्व चयन गरिएको हो ।

नेकपा झापाको जिल्ला कार्यदलले शिवसताक्षी नगरपालिकाका ११ वटा वडा वाहेक जिल्लाका १२० वटा वडा कमिटीमा अध्यक्ष र सचिवको कार्यविभाजन तोकेको छ ।

शिवसताक्षी नगरमा पनि तत्कालिन एमालेले वडा नम्वर १, ३, ५, ७, ९, १० र ११ नम्वरमा अध्यक्ष र तत्कालिन माओवादी केन्द्रले २, ४, ६ र ८ नम्वर वडामा अध्यक्ष पाउने गरी कार्यदलमा सहमति भएको छ ।

तत्कालिन अवस्थामा एउटाले अध्यक्ष र अर्कोले सचिव पाउने गरी जिल्ला भरको वडाको नेतृत्व तय गरिएको छ । वडाको नेतृत्वको नामावली पार्टीले भोलि सुखानीमा सार्वजनिक गर्दैछ ।

सोमबार पार्टी जिल्ला कार्यालयमा बसेको कार्यदलको बैठकले जिम्मेवारी दिने स्थानीय नेताको नामावलीमा सहमति गरेको थियाे ।

वडा कमिटीको जिम्मेवारीको सूची हेर्नुहोसः