विभिन्न हातहतियारसहित चार जना पक्राउ

0
Shares

कास्की ।
रुपा गाउँपालिका– ७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन्  । उनीहरुको साथबाट लेन्स सहितको बाइसवोर राइफल १ थान, बाह्रवोर राईफल १ थान र भरुवा बन्दुक ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका(३० शिशुवा बस्ने ५५ वर्षीय नारायणबहादुर गुरुङ, सोही ठाउँस्थित तालबेशी बस्ने ४८ वर्षीय डिलबहादुर गुरुङ, सोही ठाउँस्थित तिलखोरिया बस्ने ४५ वर्षीय सुरेश गुरुङ र सोही ठाउँ बस्ने ५४ वर्षीय मनबहादुर थापा मगर रहेका छन् ।

उक्त स्थानमा अबैध रुपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुमध्ये नारायणको घरबाट बाइसवोर राइफल, डिलबहादुरको घरबाट बाह्रवोर राइफल, सुरेशको घरबाट भरुवा बन्दुक २ थान र मनबहादुरको घरबाट भरुवा बन्दुक १ थान लुकाईछिपाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।