संघीयता कार्यान्वयनमा राप्रपाको जोड

0
Shares

सरोज यादव, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति सम्शेर जवराले पार्टी वर्तमान संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको वताएका छन । सो पार्टीले मंगलबार विराटनगरमा आयोजनागरेको पत्रकार सम्मेलनमा उनले संबिधान जारी हुंदैगर्दा केहि बुंदाहरुमा रहेको असहमतिका कारण आफुहरुले आलोचनात्मक समर्थन गरेको स्मरण गराए ।

उनले संविधानका केहि वुंदाप्रति असहमति रहेपनि संघीयता कार्यान्वयनका बिषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उनले आफुहरुले उठाउदै आएको राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु धर्मका बिषयमा सम्बोधन गरिनुपर्ने बताए ।

अध्यक्ष राणाले राप्रपा संयुक्तको एजेण्डामा सहमति जनाउनेकालागि पार्टीको ढोका खुल्ला रहेको वताउदै चुनाव चिन्हका बिषयमा सहमति हुन नसकेको कारण राप्रपा कमल थापासंग एकीकरण हुन नसकेको प्रष्ट पारे । सोहि पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र,सवैलाई स्विकार्य संविधानिक राजसंस्था स्थापनाकाको मुद्दा लिएर पार्टी अगाडि वढेको बताए ।

उनले अहिले आफुहरु पार्टी सुदृढिकरणमा लागेको बताए । आउदो वैशाख महिनादेखि पार्टीले उठाएका मुद्दा स्थापनाका लागि सडक आन्दोलनगर्ने जानकारी दिए ।

अध्यक्ष लोहनीले नेपाली कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको दाबी गर्नुहुंदै कांग्रेसलाई “लुते” को संज्ञा दिए । वर्तमान सरकार सुशासन कायमगरि मुलुकमा भ्रष्टचार नियन्त्रणगर्न नसकेको आरोप लगाउनुहुंदै उनले सरकारले जनताको विकासको चाहनालाई समेत पुरा गर्न नसकेको दाबी गरे ।