पूर्वराजा ज्ञानेन्द्रका स–परिवार भारत भ्रमण जाँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवारका भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै फाल्गुन महीनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।
भ्रमणमा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्र लगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।
उक्त भ्रमणकै लागि उनकी बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किँदैछिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।

स्रोतका अनुसार यो पारिवारिक भ्रमणलगायत अन्य विषयमा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।