दुधले बजार नपाएपछि किसान हैरान

0
Shares

सलिम अन्सारी,प्युठान ।

झिमरुक गाउंपालिका २ बांदिकोटकी महादेवा थापाले दुइटा भैंसी पालिरहेकी छन् । दूध बेचेर घर खर्च चलाउने र यसैको आम्दानीले बिदेसिएका आफ्ना श्रीमानलाई गाउँमै बोलाएर ब्यबसाय गरौला भन्ने उनको सोच थियो । तर बजार अभावमा उनको त्यो सपना पूरा हुन सकेन। उत्पादन गरेको दूध, दही र घिउले बजार पाउन नसकेपछि उनको सपना चकनाचुर भएको हो ।

उनकै छिमेकी मुमबहादुर महतराक्षेत्रीले पनि भैंसी पालेका छन्। उनको घरमा दैनिक ५ लिटर दूध उत्पादन हुन्छ। तर बजारकै समस्याले दूध बेच्न सकेका छैनन्। गाउँमा डाले घाँस पाइने र चरन क्षेत्र पनि भएकाले यहाका स्थानीयले घरमा भैंसी पालेका छन्। तर दुग्धजन्य पदार्थ बिक्रीमा ठूलो समस्या छ। उनले बजार अभावमा ऋृण काढेर किनेको भैंसीको खर्चसमेत उठाउन नसकेको बताए ।

उनले दूध बिक्री नभएपछि त्यसको घिउ बनाउँदै आएको जनाए। ’दूध घ्यु बजार पुर्याए पनि फीर्ता आयो’ उनले भने, ‘बिक्री भएन,पहल कसैले गरेन्न ।’ यहाका ३५ घरधुरीले भैंसी पालेका छन्रु। अधिकांश परिवारमा दुइ तीनटा भैंसी छन्। गाउँसम्म सडक सुविधा छ। गाडी पनि चल्छन तर ताजा दूध बिक्री गर्न समस्या भएको उनको भनाइ छ।।जिल्लाका बजारमा प्रतिलिटर ६० रुपैयाँमा दूध बिक्री हुने गरेको छ। तर गाउँमा भने दूध बिक्री नभएर खेर जाने गरेको कृषक महादेवाले थापाले बताईन। उनका अनुसार उत्पादित दूध केही घरमा प्रयोग गर्ने र बाँकीको घिउ बनाइने गरिएको छ ।

‘दूधबाट अनेकथरी परिकार बनाउन सकिन्छ भन्ने सुनेका छौं, तर हामीसँग घिउ बनाउनेबाहेक अन्य कुनै सीप छैन,’ उनले भने, ‘आवश्यक तालिम र उपकरणमा कसैले सहयोग गरे दुग्धजन्य उत्पादनलाई नै व्यवसाय बनाउन सकिन्थ्यो।’ उनले बजार अभावमा धेरैवटा भैंसी पाल्ने परिवारको पेसासमेत निर्वाहमुखी भएको बताए।‘बजारमा खपत भए एक/दुई लिटर घरमा राखेर अरू बिक्री गर्न सकिन्थ्यो,’ उनले भने, ‘आयस्रोत पनि बढ्थ्यो, भैंसीपालनमा थप जाँगर आउँथ्यो, तर बजार नहुँदा समस्या भएको छ।’ उनका अनुसार गाउँमा एउटा भैंसीको मूल्य ६० हजारदेखि ८० हजार रुपैयाँसम्म पर्छ ।

उनका अनुसार एउटा भैंसीको दूधबाट वर्षमा ३० किलोसम्म घिउ उत्पादन हुने गरेको बताईन। दूध बिक्री गर्नसके एउटै भैंसीबाट महिनामा १० हजारसम्म कमाइ हुने उनले सुनाईन। उनका अनुसार स्थानीयले नजिकका व्यापारिक केन्द्र र जुम्री बिजुवारमा दुध घिउ बेच्न लगेपनी नविकेर फिर्ता हुने गरेको छ । बजारको अभाव नभए दुई भैंसीमात्र पाल्न सके घरको सबै खर्च त्यसैबाट उठ्ने उनले जनाए। बजार अभावका कारण भैंसीपालन व्यवसाय बन्न नसक्दा रोजगारीका लागि युवा बर्से्नि भारत जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । दैनिक गाउँमा ५० लिटर भन्दा बढी दूध उत्पादन हुन्छ।

गाउँका किसानहरु मिलेर गडेरपानि दुग्ध डेरि समूह नामक संस्था पनि खोले, कृर्षि तथा खाध्यसुरक्षा परियोजनाले २ लाख ७५ हजार अनुदान पनि दियो । उक्त अनुदानबाट कृर्षकले तिनओटा डि फ्रिज १९ ओटा दुधक्यान लगाएतका सामाग्री खरिद गरे। सामान सबै छ दूध संकलन हुन्छ संस्थाकि अध्यक्ष श्रीरामकुमारि महतरा भन्छिन मञ्छि बाग्दुला जुम्रिका डेरिहरुमा पनि पुरायौ तर दूध बिकेन फिर्ता ल्यायौ