चारवटा बल्कमा चीनले फेरि पेट्रोलियम अन्वेषण गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणको लागि दुई देशबीच सम्झौता भएको छ । पेट्रोलियम खानी अन्वेषणको लागि चीनको बेइजिङमा नेपाली प्रतिनिधिमण्डल र चिनियाँ अधिकारीबीच सम्झौता भएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले जानकारी दिनुभयो ।

सम्झौताअनुसार चीनले बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी चार क्षेत्रमा अन्वेषण गर्नेछ । त्यसमध्ये दैलेखमा ड्रिलिङको काम गर्नेछ । विगतमा भएको प्रारम्भिकको अनुसान्धानलाई मँर्तरूप दिनको लागि सम्झौताले बाटो खुलेको छ । गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जियोलोजिकल सर्भेको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा पेट्रोलियम खानीहरुको प्रारम्भिक अध्ययन गरेको थियो ।

नेपालमा भएको पेट्रोलियम खानी रहेको क्षेत्रमा के, कति, कुन परिमाण र तह रहेको छ, सोको व्यावसायिक तथा आर्थिक सम्भाव्याता अध्ययन हुने प्रमुख रजौरेले बताउनुभयो । नेपालको तर्फबाट खानी विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा र चीनको तर्फबाट भाइस प्रेसिडेन्ट वाङ कुनले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

पेट्रोलियम अन्वेषण परियोजना विस्तृत अन्वेषण, गर्नको लागि नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । पुस २९ गते बसेको मन्त्रिपरिषद्ले नेपालमा रहेका पेट्रालियम परियोजना कार्यान्वयन सम्झौता गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

अब नेपाल र चीनबीच दुई हप्ताभित्रै कार्यान्वयन सम्झौता हुनेछ ।‘इम्प्मिेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आइल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट इन नेपाल’लाई स्वीकृति दिइएको थियो ।

नेपाल र चीन दुई पक्षबीचकै सहकार्यमा पेट्रोलियम कार्यन्वयन सम्झौताको मस्यौदा तयार पारिएको थियो । सम्झौतासँगै काम अगाडि बढाइने छ । चीनको सहयोग र सहकार्यमा खानी विभागले अन्वेषण गर्नेछ।‘ तीन वर्षमा परियोजनाले काम पँरा गर्ने लक्ष्य लिएका छौं,’ प्रमुख रजौरेले भन्नुभयो–‘योसँगै अन्य क्षेत्रको अन्वेषणका लागि अरु देश पनि आकर्षित हुनेछन्।’

खानी तथा भँगर्भ विभागका अनुसार टोलीले नेपालमा परियोजानको कार्यान्वयन गर्दा चिनियाँ टोलीले विस्तृत अध्ययन अन्वेषण गरी कति, कुन परिमाणमा, कतिमा गहिराईमा पेट्रोलियम छ भन्ने बारेमा पँर्ण अन्वेषण गर्ने रजौरेले बताउनुभयो । उहाँका अनुसार कार्यक्षेत्रमा नै गएर अन्वेषण्को काम भने मे महिनाबाट शुरू हुनेछ । गत अगस्टमा नेपाल र चीन बीच नेपाल सरकरालाई उत्खनन्को लागि आर्थिक सहयोग गर्ने सरकारी तवरबाट सम्झौता भएको थियो ।

गत वर्ष आएको चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरी फर्किएको थियो ।
देशभरका १० वटा पेट्रोलियम अन्वेषण बल्कह रहेका छन् । चीनले अन्वेषण गरेर बँँकी रहेको बल्कका लागि हामी ग्लोबल टेन्डर गरिने परियोजना प्रमुख रजौरेले बताउनुभयो ।