साढे चार लाखको रक्सी बरामद

0
Shares

रुकुमपश्चिम ।
बाँफिकोट गाउँपालिका–६ मग्गाबाट रु चार लाख ५० हजार बराबरको रक्सी बरामद गरिएको छ । लुकाई छिपाई बेच्न राखिएको रक्सी प्रहरी र वडा कार्यालयको सक्रियतामा बरामद गरिएको हो ।

वडा कार्यालय र अस्थायी प्रहरी चौकी मग्माको टोलीले खानतालासी गरी वडामा रहेको चौखाबाङ्गी किराना पसलबाट उक्त परिमाणको रक्सी बरामद गरेको वडाध्यक्ष मनोज अधिकारीले जानकारी दिनुभयो । जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवन बन्द गरिएको छ । । बरामद गरिएको रक्सी शिलबन्दी गरेर अस्थायी प्रहरी चौकी मग्मामा राखिएको छ ।
रासस