सप्तरीमा पनि भव्यतापुर्वक मनाईयो महाशिवरात्रि पर्व

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीमा भगवान शिवको पूजाआरधना गरी महाशिवरात्रि पर्व भब्यतापुर्वक मनाईएको छ ।
राजविराजसहित शम्भुनाथ, कंचनरुप, पातो, हनुमाननगर, फत्तेपुरलगायतका शिवालयहरुमा विहानै देखि भक्तहरुको घुईचो लागेको थियो । राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरमा पुजा गर्न विहानै देखि भक्तजनहरु भेला भएका थिए । भिड नियन्त्रण गर्न प्रहरीको सहयोग लिईएको थियो।
मन्दिरमा लघु रुद्री तथा सवालाख वत्ति पनि वालिकएको पुजा समितिका सदस्य कृष्णहरी भट्टराईले जानकारी दिए । मन्दिरमा विभिन्न संघ÷संस्थाले दर्शनार्थीका लागि वेलपत्र, पञ्चामृत तथा दुध लगायतका पुजा सामाग्रीको निशुल्क ब्यवस्था मिलाएको थियो ।
हरिनन्देश्वर महादेव मन्दिरमा युवाहरुको समुहले करिव २५ किलोमिटर दुरीमा रहेको सप्तकोशी नदिको जल ल्याएर अर्पण गरेका छन् ।
महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सुखशान्ति प्राप्त हुने र स्वर्गलोक प्राप्त हुने धार्मिक मान्यता छ।