प्रकाश पन्त, जाजरकोट
जाजरकोटको दुर्गम गाउँ कैनामा भएको निशुल्क स्वास्थ्य शिविरमा करिव ७ सय भन्दा बढीले स्वास्थ्य उपचार सेवा पाएका छन् । दुर्गम गाउँका बासिन्दालाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिनको लागि फाल्गुन १७ र १८ गते नगरपालिका –३, कैनामा निःशुल्क स्वास्थ्य शिविरमा उनीहरुले सेवा पाएका हुन ।
विंग्स फाउण्डेसन र नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतले आयोजना भएको शिविरमा पाठेघर खसेका डेढ भएभन्दा बढी महिलाहरुलाइ रिङ्ग पेसरी राखिएको छ । यस्तै पाठेघर खसेका ३० जना भन्दा बढी महिलाहरुलाई अप्रेसनको लागि सुर्खेत बोलाइएको डाक्टर नवराज केसीले बताए । उनले एक सय ३० जना भन्दा बढी महिलाको महिलाको पाठेघरको क्यान्सरको स्क्रीनिंग गरिएको पनि बताए ।
बालबालिकाको स्वास्थ्य र कुपोषणको जाचँ समेत गरिएको थियो । मुटुमा प्वाल भएका, अपागता भएको, हिड्डुल गर्न नसक्ने अवस्थामा रहेको बाललालिकालाई थप उपचार र अभ्यासनका लागि सुर्खेतमा बोलाइएको पनि डा.केसीले बताए । कुपोषित अवस्थामा रहेका १७÷१८ जना बालाबालिकालाई पोषण पुर्नस्थापना गृह सुर्खेतमा रिर्फर गरिएको पोषण गृहकी प्रमुख प्रभा सिंहले बताइन् ।
७ सय बढीको निःशुल्क उपचार
शिविरमा आएका महिलामा खास गरी पाठेघरको इन्फेक्सनको समस्या, पोषणको कमी, कष्टकर जीवन शैलीबाट विभिन्न समस्याहरु देखिएको डा. केसीले उल्लेख गरे । यस्तै बालबालिकामा कुषोषण, मुटु सम्वन्धी रोग, अपांगताको समस्या बढी देखिएको पनि उनले बताए । अधिकाश मासिनहरुमा दाँतको समस्या पनि देखिएको दन्त सहायक योगेन्द्र शाहीले बताए ।
प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको शिविरको लागि पहल गरेका बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले बताए । उनले नलगाड ३ को कैलास कान्या आधारभूति विद्यालय कट्के, करुणादय प्राथमिक विद्यालय करुवा, नेपाल राष्टिय प्राथमिक विद्यालय चावलेचौर, सूर्योदय माध्यमिक विद्यालय कैनालाई विद्यालयलाई दूषित पानीलाई शुद्धीकरण गर्ने क्लोरिन मेकर मेसिन प्रदान गरिएको छ । यस्तै वडा न ४ लहँको भानुभक्त माध्यामिक विद्यालय विद्यालय र वडा न ६ थाप्लाको निर्मल ज्योति निम्न माध्यामिक विद्यालयलाई पनि क्लोरिन मेकर मेसिन प्रदान गरिएको छ । दूषित पानीलाई शुद्धीकरण गर्ने यो उपकरण पर्यटनविद् विशु सिजालीले निशुल्क रुपमा सामुदायिक विद्यालयलाई प्रदान गरेका हुन । उनले एउटा मेसिनलाई कम्तिमा पनि ५० हजार रुपैया पर्ने बताए ।
प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले नेतृत्व गरेको टोलीमा एक जना विदेशी डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको टोली थिए । यस्तै नेपाल अर्वद रोग निवारण संस्था, विंग्श फाउण्डेसन, प्रदेश अस्पतालका प्राविधिक कर्मचारीसहित २५ जनाको सहभागीता रहेको विग्श फाउण्डेसनका सचिव दीपक गौतमले बताए । दुई दिनसम्म चलेको निशुल्क स्वास्थ्य शिविरमा करिव पाँच लाख रुपैया खर्च भएको पनि उनले बताए ।
शिविरको लागि विंंग्श फाउण्डेसनका अध्यक्ष तथा प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले दुई लाख, बेलायतमा बस्ने पर्यटन विद् विशु सिंजाली एक लाख रुपैया सहयोग गरेका थिए । यस्तै अमेरिकामा रहेकी युवा समाजेसवी प्रेम रोकायले २० हजार, नलगाडबासी युवा गगन रानाले २० हजार, अमेरिकामा बस्दै आएकी युवा जयन्ति थापाले १५ हजार, सुर्खेतकी महिला उद्यमी तथा समाजसेवी बिन्दु नेपाल १० हजार र बेलायतमा रहेकी युवा समाजसेवी अन्जु कार्की १० हजार रुपैया सहयोग गरेका थिए ।
यस्तै बाकी रकम नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेत, विंग्श फाउण्डेसनका सचिव दीपक गौतम र पत्रकार प्रकाश पन्तले सहयोग गरेको विंग्श फाउण्डेसनका सचिव तथा शिविर व्यवस्थापनको जिम्मेवारी समाल्नु भएका दीपक गौतमले बताए । उनीहरुको दिएको रकम औषधी किन्न, महिलाको पाठेघरको क्यान्सर परिक्षण गर्नको लागि किट किन्न, रिंग पे्रसरी किन्न र यातायात खर्चमा खर्च भएको उनले जानकारी दिए ।











प्रतिक्रिया