विमल विष्ट, डोटी । महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा डोटीको सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाभरीका अन्तर बिद्यालयको हाजिरि जवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका ६ सिलगढी स्थित पद्म पव्लिक मुक्तिनारायण माविमा गरिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा केदारेश्वर मावि प्रथम, खप्तड ईङ्गलिस बोर्डिङ्ग स्कुल दितिय तथा सुनाखरी ईङ्गलिस बोर्डिङ्ग स्कुल तृतिय भएको सो गणका निमित्त गणपती तथा सेनानी सन्तोष ढुंगेलले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद रु ७०००,दितिय हुनेलाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद रु ५००० तथा तृतिय हुने लाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद रु ३००० प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रुद्रध्वज गणले जिल्लामा सैनिक दिवसको अवसरपारी आयोजना गरेको हाजिरि जवाफ प्रतियोगीता सारै उपयोगी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जिल्लामा यस्ताखाले क्रिया कलापले बिद्यार्थीको पढाई तथा अन्य ज्ञान मुलककुराको बिकास हुनेछ,यस्ता खाले क्रियाकलाप गर्नु आफैमा राम्रो कार्य हो ।’ उक्त प्रतियोगितमा जिल्ला भरीका कुल एक दजर्नबढी बिद्यालयहरुको सहभागी रहेको थियो ।











प्रतिक्रिया