कृषि क्षेत्रमा जोखिम धेरै: अर्थमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिमा धेरै जोखिम रहेको बताउनुभएको छ । धेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको उहाँको भनाइ छ । राजधानीमा आयोजित साना किसान सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ, माटो भँ–क्षय हुने, कृषि सामग्री, रासायनिक मल, भँमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने, भएका पनि व्यवस्थित नहुने, जलवायु परिवर्तनले मौसम बदलीमा समस्या हुँदा पानीको जोखिम भन्दै उहाँले बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म पनि जोखिम धेरै बताउनुभयो ।

जहाँ–जहाँ जोखिम व्यवस्थापन गर्न सकिन्छ, त्यहाँ–त्यहाँ काम गर्ने हो भनेर हामीले अभियान शुरु गरेका छौं भन्दै अर्थमन्त्रीले मौसम हामीले परिवर्तन गर्न सक्दैनौं । तर, अहिले बीमा गर्न थालिएको छ । माटोको गुणस्तर सुधार्ने काम भएका छन् । खाद्यान्न उत्पादनमा मँल्य तोक्ने विषयमा अगाडि काम गरेका छौं । केही खाद्य वस्तुमा मँल्य तोक्ने काम भएको बताउनुभयो

‘कृषि मन्त्रालयका कार्यक्रममा अनुदान सबैभन्दा बढी छ । तर, अनुदान कृषकले नपाएको गुनासो त्योभन्दा बढी छ, बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठ्ने गरेको छ, उहाँले भन्नुभयो–‘ अन्दान किसानको घरदैलोमा अझै पुगेका छैनन् भने यो निकै चिन्ताको विषय हो ।

अहिले संघको सरकारको कार्यक्रम सबै किसानको घरमा पुग्न सकेन भनेर स्थानीय सरकार छ । अब स्थानीय तहले धेरै कार्यक्रम गर्ने भनेर धेरै काम तोकेका छौं । मेरो अनुरोध स्थानीय सरकारका जनप्रतिनिधिलाई के हो भने तपाईहरुले सडक मात्र नहेर्नु, भौतिक पँर्वाधार चाहिन्छ । त्यहीँ कृषि उपजलाई बजारीकरण गर्न बाटो चाहिन्छ । तर, सन्तुलित ढंगको चाहिन्छ । तर कृषकले राम्रो सामान उत्पादन नगर्ने हो भने त्यो सडकले पनि प्रतिफल दिँदैन । त्यसो हुनाले स्वास्थ्य, सेवा, कृषि, भौतिक पँर्वाधारको क्षेत्रलाई सन्तुलित ढंगले बजेट बिनियोजन गर्नु भन्ने हाम्रो आग्रह हो अर्थमन्त्रीको भनाइ छ ।

अहिले उत्पादन भएको वस्तु महँगो भएको छ, उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परीरहेका छन् । यो बीचमा के समस्या भएको हो । समस्या उत्पादनकत्वका हो वा हामीले प्रयोग गर्ने सामाग्र वा प्रविधि के को हो ? प्रति लिटर ७०÷८० रुपियाँसम्म पनि दँध बेच्दा कृषके नाफा छैन भनिरहनु भएको छ, त्यहीँ दुध किनेर खाने स्थिति हुँदैन । किनेर खान सक्ने जमात पनि चाहिन्छ, कृषिभन्दा बाहिर रहेका वा त्यही उत्पादन किनेर खान सक्ने स्थिति कसरी सृजना गर्न सक्ने ? ज्यालामा वा न्यँन आय गर्ने कर्मचारी छ । उसले कसरी दैनिक आधा लिटर दुध किनेर खान सक्ने हैसियत राख्दैन भने उसको क्रय शक्ति पनि बढाउन आवश्यक छ अर्थमन्त्रीले भन्नुभयो ।

अहिले कृषि उत्पादन किन महँगो भएको हो ? रसायनिक मल महँगो भएको हो ? अन्तर्राष्ट्रिय बजारमा ४७÷४८ रुपियाँ प्रतिकिलो पर्ने रसायनिक मल हामीले १६ रुपियाँमा अहिले बेचेको छौं । तीन गुणा बढी महंँगो छ । अहिले सरकारले न्यँन मँल्यमा किसानलाई दिइरहेको छ । यो कहाँ प्रयोग भएको छ भन्ने महŒवपँर्ण देखिएको छ । दुग्ध उत्पादन गर्ने कृषकलाई पनि अनुदान दिएका छौं । स्थानीय तहले त गाईवस्तुलाई सुत्केरी भत्तासमेत दिन थालेका छन् ।