१४ बुँदे घोषणपत्र जारी गर्दै साना किसान सम्मेलन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
साना किसानको समृद्धि ः कृषिको रुपान्तरण र उद्यमशीलताको विकास भन्ने मुल नारालाई सार्थक बनाउनमा जोड दिँदै १४ बँुदे घोषणपत्र जारी गर्दै साना किसान सम्मेलन २०१९ को समापन भएको छ ।

साना किसान सम्मेलन, २०७१ बाट घोषित कार्यक्रममध्ये बाँकी कार्यलाई निरन्तरता दिँदै साना किसान सम्मेलन, २०७५ ले सन् २०३० सम्म नेपालको गरिबी न्यँनीकरणका लागि दिगो विकासको लक्ष्य प्राप्तिमा सघाऊ पु¥याउने गरी ‘साना किसानको समृद्धि ः कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने मँल मन्त्रलाई सार्थक बनाउन तत्सम्बन्धी लक्ष्य प्रस्ताव गरेको छ ।

सम्मेलनको घोषणापत्रमा सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दातृ संघसंस्था बैंक तथा वित्तीय संस्था, गैरसरकारी संघ÷संस्था तथा विकास साझेदारबीच सम्पर्क एवं समन्वय विस्तार गर्ने । दिगो विकास लक्ष्य प्राप्तिका लागि क्षमता, उद्यम, एवं पँर्वाधार विकाससँगै कृषि मँल्य शृङ्खला प्रवद्र्धन गर्न आवश्यक प्राविधिक सेवा, वित्त र अनुदान व्यवस्थाका लागि लक्षित वर्गको स्वामित्व समेतमा विशिष्टिकृत वित्तीय संस्थागत संरचनाको प्रबन्धसहित लगानी वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लक्षित समुदायको सामाजिक र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने उल्लेख छ ।

त्यस्तै संस्थाको सञ्चालन र व्यवस्थापनमा महिला तथा युवाको सहभागिता बढाई समावेशिता तथा लैंगिक समानतामा अभिवृद्धि गरी सम्मुनत समाजको निर्माणमा सहयोग गर्ने, देशभित्र तथा बाह्य देशमा देखिएका उपयुक्त प्रविधिको प्रयोग गरी बजारोन्मुख जैविक (अर्गानिक) एवम् विषादीरहित कृषि प्रणालीको विकास, विविधिकरण, प्रवद्र्धन तथा विस्तारका साथै बजारको प्रबन्ध मिलाउने ।

साना किसान कृषि सहकारी र यस्तै प्रकृतिका अन्य सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्ने र क्षमता अनुसारको स्रोत साधनको व्यवस्था गरी साना तथा मध्यम खालका कृषि उद्यम प्रवद्र्धनका लागि आवश्यक सेवाको उपलब्धतालाई सहज बनाउने जनाएको घोषणासभामा उल्लेख छ ।

साना किसान कृषि सहकारी संस्थालाई सक्षम र सबल रुपले सञ्चालन गर्न तथा दिगो विकास लक्ष्य अनुरुप गुणस्तरीय सेवा प्रवाहयोग्य बनाउन साझेदारी, समन्वय र आउट सोर्सिङको विधिद्वारा जनशक्तिको दक्षता विकास गर्ने सोच राखिएको छ । लक्षित वर्गको चाहना, सहकारी मँल्य र सिद्धान्त अनुरुप सामुदायिक सहकारी सञ्चालन गर्न आवश्यक अध्ययन अनुसन्धानबाट देशभित्रका तथा बाह्य देशमा देखिएका असल अभ्यास को अभिलेख तथा पहिचान संकलन गरी त्यस्ता अभ्यासको अनुशरण गर्ने पनि छ ।

विपन्न र सिमान्तकृत समुदायसम्म वित्तीय र गैरवित्तीय सेवाको पहँुच विस्तार गरी गरिबी न्यँनीकरण र सामाजिक पुँजी निर्माणको बृहत् लक्ष्य प्राप्ति गर्न साना किसान कृषि सहकारी संस्था र यस्तै प्रकृतिका अन्य सहकारीहरुको संस्थागत क्षमता अभिवृद्धि साथै सेवा नपुगेको क्षेत्रहरुमा सक्षम र सबल साना किसान सहकारीको अनुसरण गर्ने । किसानलाई कृषिजन्य पदार्थको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न युवाहरुको दक्षता अभिवृद्धि गरी व्यावसायिक कृषि उत्पादन तथा उद्यममा संलग्न हुन पुँजी उपलब्ध गराई प्रोत्साहन सहित सहयोग गर्ने ।

साना किसान कृषि सहकारी संस्थाहरुको संस्थागत विकास तथा सुदृढिकरणका लागि केन्द्रीयस्तरमा एक ज्ञान तथा अन्वेषण कोषको स्थापना गरी आवश्यक तालिम, विकास र अनुसन्धानका सेवाहरु उपलब्ध गराउने व्यवस्था मिलाउने घोषण पत्रमा भनिएको छ । साना किसान कृषि सहकारी संस्थाहरुलाई सक्षम र सबल रुपले सञ्चालन गर्न तथा सेवा नपाएका वा अपेक्षित सेवा लिन नसकेका लक्षित समुदायलाई गुणस्तरीय र समयमै सेवा दिने सक्षम जनशक्ति विकासका लागि नेपाल कृषि सहकारी केन्द्रीय संघको सकृयतामा निर्माणाधिन तालिम केन्द्रको कार्यलाई पँर्णता दिई तालिम दिने व्यवस्था गर्ने घोषण पत्रमा उल्लेख गरिएको छ । सँचना आदान प्रदान एवं अनुगमनका लागि सरोकारवाला संस्थाहरु बीच कम्प्यँटरकृत डाटावेस स्थापना गरी अद्यावधिक गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

साना किसान विकास अभियानको सम्वन्धमा चेतना अभिवृद्धि गर्न, कार्यक्रम विस्तारका लागि उपयुक्त वातावरण सिर्जना र कार्ययोजनाको सफल कार्यान्वयनमा योगदान पु¥याउन आमसंचार माध्यमसंग सहकार्य गर्ने छ । सहकारीको मँल्य मान्यता र सिद्धान्त अनुरुप समुदायमा आधारित साना किसान तथा अन्य उस्तै प्रकृतिका सहकारी संस्थाको स्वनियमन प्रणालीको विकास तथा कार्यान्वयन गर्ने ।

घोषणापत्रमा समुदायका पिछडिएका तथा वित्तीय सेवाको पहुँच नपुगेका लक्षित वर्गमा वित्तीय साक्षरता, समावेशीकरण एवं नेतृत्व विकासमा सहभागी गराई दक्षता, उद्यमशीलता र अन्वेषणात्मक क्षमताको विकास गर्दै आर्थिक÷सामाजिक विकासमा उनीहरुको सहभागिता अभिवृद्धि गरी आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरण गर्ने उल्लेख छ । दुई दिनसम्म चलेको सम्मेलनमा करिब हजार साना किसान र दुई सय विज्ञ तथा सरोकारवाला प्रतिनिधिले सहभागिता जनाएका थिए ।