कालीमाटी बजारमा भारतीय वस्तुको बर्चस्व

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैं
कृषि प्रधान देशमा नेपालमा तरकारी तथा फलफँलमा भारतलगायतका विदेशी मुलुकको भरपर्नु परेको छ । कालिमाटी तरकारी बजारको तथ्यांकअनुसार यो वर्ष भारतबाट सबैभन्दा बढी तरकारी तथा फलफँल आयात भएको छ ।
कालीमाटी बजारमा आर्थिक वर्ष २०७४÷७५ को तथ्यांकअनुसार भारतबाट तरकारी तथा फलफँल सबैभन्दा बढी ४४ दशमलव शँन्य ७ प्रतिशतले नेपाल भित्रिएको छ ।

त्यस्तै चीनबाट शँन्य दशमलव ८३ प्रतिशत भित्रिएको छ । यता जिल्लागतरुपमा काभ्रे जिल्लाबाट १० दशमलव ७४ प्रतिशत, धादिङबाट ९ दशमलव ८० प्रतिशत, मकवानपुर ६ दशमलव ८५ प्रतिशत, चितवनबाट ५ दशमलव २१ प्रतिशत, भक्तपुरबाट ४ दशमलव २२ प्रतिशत तरकारी तथा फलफँल काठमाडौंमा भित्रिएको छ ।

यसै गरी काठमाडौंबाटै ३ दशमलव ५८ प्रतिशत सर्लाहीबाट ३ दशमलव ८८ प्रतिशत, नुवाकोटबाट १ दशमलव ६७ प्रतिशत, ललितपुरबाट १ दशमलव ६१ प्रतिशत, सिन्धुपाल्चोकबाट १ दशमलव ५६ प्रतिशत, झापाबाट १ दशमलव १२ प्रतिशत, दोलखाबाट शँन्य दशमलव ७१ प्रतिशत, पर्साबाट शँन्य दशमलव ५३ प्रतिशत र सबैभन्दा कम मा तनहँ जिल्लाबाट दशमलव शँन्य ४६ प्रतिशत तरकारी तथा फलफँल कालिमाटी भित्रिएको छ ।

अन्य जिल्लाबाट २ दशमलव ८३ प्रतिशत तरकारी तथा फलफँल भित्रिएको कालिमाटी विकास समितिले जनाइएको छ ।

कालिमाटी बजारमा आव २०७४÷७५ मा मसलाजन्य वस्तु ३ दशमलव ९० प्रतिशतले आयात भएको छ भने माछा १ दशमलव शँन्य ५ प्रतिशतले आयात भएको देखिन्छ,

त्यस्तै अन्य वस्तु शँन्य दशमलव शँन्य ६ प्रतिशतले कालीमाटी बजारमा भित्रिएको छ । आव २०७४÷७५को कुल वार्षिक आयातको परिमाण २ लाख २७ हजार ६४५ दशमलव ४०६ मेट्रिक टन रहेको कालीमाटी तरकारी बजारले जनाएको छ ।

कालीमाटी तरकारी तथा फलफँल बजारमा तरकारी ८५ दशमलव ६७ प्रतिशत, फलफँल ९ दशमलव ३२ प्रतिशत, मसलाजन्य वस्तु ३ दशमलव ९० प्रतिशत, माछा १ दशमलव शँन्य ५ प्रतिशत, अन्य शँन्य दशमलव शँन्य ६ प्रतिशत रहेको छ ।