भक्तपुर,(नेस) ।
सामाजिक सेवामा विश्वभर ख्याति कमाएको लाईन्स क्लवले शनिवार भक्तपुरमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । लायन्स डिष्ट्रिक्स ३२५ ए २ नेपालको आयोजनामा चौथो नेपाल लायन्स फेष्टिवल हुन लागेको हो । फेष्टिवलमा करिव चार हजारको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयको खेला मैदानमा आयोजना हुने कार्यक्रमले भक्तपुरको पर्यटन प्रवद्धनमा महत्वपूर्ण सहयोग पु¥याउँने फेष्टिवल आयोजक समितिका संयोजक नविन प्रजापतिले बताउनुभयो । प्रजापतिका अनुसार, फागुन १८ गते शनिवार आयोजना हुने कार्यक्रममा नेपाल भरीका हजारौं लायन्स सदस्यहरुको बृहत जमघट अर्थात कुम्भ मेला हुनेछ ।
ऐतिहांसिक नगरी भक्तपुरमा आयोजना हुंने यस लायन्स कुम्भ मेलामा भक्तपुरको पहिचन बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक विजय हाछेथुले बताउनुभयो । संयोजक हाछेथुका अनुसार, कार्यक्रम अन्तर्गत विहान ७ वजे परम्परागत कला, संस्कृति, भेषभुषा, झाँकीसहितको प्रभातफेरीको आयोजना गरिने छ । सोहि विहाननै सडक सुरक्षाको नारासहित दसरथ रंगशालाबाट भक्तपुरसम्म कार ¥यालीको आयोजना गरिने छ ।
दिउँसो ११ वजे औपचारिक कार्यक्रमको उद्घाटन हुने कार्यक्रम रहेको छ भने सोहि क्रममा मनोरञ्जनात्मक खेलकूद कार्यक्रमहरु, विविध प्रकारका खाजाका स्टलहरु, रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरिने लायन्स डिष्ट्रिक्स ३२५ ए २ का अध्यक्ष केपी अवालले बताउनुभयो । प्रभातफेरीमा उत्कृष्ठ ठहरिएका सांस्कृतिक तथा परम्परागत पहिरनसहितको झांकीलाई परस्कृत गर्ने कार्यक्रम समेत रहेको आयोजक समितिका संयोजक नविन प्रजापतिले बताउनुभयो ।
सन् १९१७ अर्थात एक सय दुई वर्षअघि अमेरिकाको शिकागो शहरमा स्थापना भएको लायन्स क्लव हाल दुई सय १२ मुलुकमा बिस्तार भइसकेको छ । विश्वभर १४ लाख ५० हजार भन्दा बढी सदस्य रहेको संसारकै सबैभन्दा ठुलो स्वयंसेवी संस्थाका रुपमा नाम कमाएको छ, लायन्स क्वलले ।
जाति, भाषा, धर्म, वर्णका आधारमा हुने भेदभाव र राजनीतिबाट टाढा रहंदै आएको लायन्सले नेपालमा सन् १९७१ अर्थात ४८ वर्षदेखि समाजिक काम गरेर नेपालीको मन र मुटुमा बस्दै आएको छ । नेपालमा चार वटा डिष्ट्रिक्ट ए १, ए २, बि १ र बि २ करिव ९ सय वटा लायन्स क्लव अन्तर्गत ३० हजार बढी सदस्य रहेका छन् ।
लायन्स क्लवले नेपालमा विशेषगरी आँखा परिक्षण र मोतियाविन्दुको अप्रेसन सेवा, मधुमेह, रक्तदान, भोकोपन निवारण, स्वास्थ्य सेवा, वातावरण संरक्षण विद्यालय भवन निमार्ण र छात्रवृति लगायतका क्षेत्रमा उख्खेख्य काम गर्दै आएको छ । त्यसका अलवा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपमा परेकाहरुलाई उल्लेख्य सहयोग गर्दै आएको लायन्सले २०७२ सालको भुकम्प पिडितलाई अझ ठुलो सहयोग गरेको थियो ।
लायन्सले बालबालिकाको पढ्न पाउँने अधिकार सुनिश्चित गर्न भुकम्पले भत्काएका बिभिन्न विद्यालय भवन निर्माण गर्दै आएको छ । त्यस क्रममा एक दर्जन बढी विद्यालयका भवन करिव ५२ करोड रुपियाँको लागतमा निर्माण भइरहेको बताइएको छ ।











प्रतिक्रिया