पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विवाद सल्टिएन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

वर्षौंदेखि रोकिरहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विवाद सल्टाउन बसेको नेपाल–भारत विज्ञ समूहको बैठक बिना निष्कर्श टुंगिएको छ । काठमाडौंमा आयोजित दुई दिने बैठकमा परियोजनाका निम्ति महत्वपूर्ण मानिएका आयोजनाको क्षमता, पानीको बा“डफा“ड, नाफा वितरणलगायतका विषयमा सहमति हुन नसेको हो ।

महत्वपूर्ण विषयमा निर्णय हुनसकेपछि नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको भविष्य फेरि पनि अन्योलमा परेको छ । यसअघि दिल्लीमा भएको बैठकमा जुटेको परियोजनाको न्यूनतम् उत्पादन, प्रसारणलाइन विस्तार जस्ता केही विषयमा सम्झौता भएको छ । तर, परियोजनामा नेपालले कति, भारतले कति लगानी गर्ने ? पानी कसरी बा“डफा“ड गर्ने र नाफाको हिसाब कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा भारतीय कम्पनी वापकोसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले पनि पूर्णता पाउन सकेको छैन ।

परियोजनाको भविष्य अझै अन्योलमा

पञ्चेश्वर परियोजनाको विषयमा बैठक हुनु अघि भएको नेपाली पक्षको तयारीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले महाकाली सन्धीअनुसारको नेपालले पानी नपाएको उल्लेख गर्दै यसपटक यस्ता विषयमा अडान नछोड्न निर्देशन दिनुभएका कारण पनि नेपाली पक्षले आफ्नो पुरानो अडानलाई नछोडेको स्रोतले नेपाल समाचारपत्रलाई बतायो ।

भारतीय कम्पनी वापकोसले तयार पारेको डीपीआरअनुसार परियोजनाको २२ प्रतिशतमात्रै पानी नेपालले पाउने उल्लेख छ । २४ वर्ष अघि भएको सम्झौताअनुसार डीपीआर छ महिनाभित्र तयार गर्ने सहमति भए पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पञ्चेश्वरको कार्यादेश पारित भएको थियो ।

तर, वापकोसले तयार पारेको डीपीआरको मस्यौदाप्रति नेपालले असहमति जनाउ“दै आएको छ । डीपीआरमा उल्लेख भएका विषयमध्ये १६८ बु“दा सहमति हुने सकेको थिएन । स्रोतका अनुसार त्यसमध्ये ६४ विषयलाई टंगाइएको छ । हालसम्म यसविषयमा तीनपटक बैठक बसे पनि ठोस निर्णय हुन सकेको छैन । आगामी बैठकमा थप छलफल गर्ने सहमति भए पनि कहिले गर्ने भन्ने स्पष्ट भएको छैन ।

नेपाल र भारतबाट १५–१५ जना विज्ञ सदस्य सहभागी भएको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व देवेन्द्र कार्की र भारतको तर्फबाट विज्ञ समूहका प्रमुख महशुस हुसेनले गर्नुभएको थियो ।
शुरूमा एक हजार मेगावाट विद्युत् क्षमताको देखिएको परियोजना सन् १९९१ मा आयोजनाको बा“ध ३१५ मिटरको बनाउ“दा उत्पादन ६ हजार ४८० मेगावाट उत्पादन हुनसक्ने बताइएको थियो ।