नेपाली महिला उद्यमीहरू श्रीलंकामा

0
Shares

काठमाडौं, (नेस)
श्रीलंकामा आयोजना हुने एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिनका लागि १४ सदस्यीय नेपाली महिला उद्यमीको टोली श्रीलंका प्रस्थान गरेको छ । एससीडब्ल्यूईसीले फागुन १८ गते आयोजना गर्न लागेको पुरस्कार समारोहमा भाग लिनका लागि महिला टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

श्रीलंका गएकोे टोलीको नेतृत्व एससीडब्ल्यूईसीका उपाध्यक्ष रीता भण्डारीले गर्नु भएको छ । सो टोलीमा प्रतियोगिताका लागि २ फेसन डिजाइनर, एक गायक छन् ।

त्यसैगरी बेस्ट नेपाली महिला उद्यमी २०१८ को उपाधि हात पार्न सफल श्यामबद्र्धन श्रेष्ठ पनि रहनु भएको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा एससीडब्ल्यूईसीका सदस्य नीता पौडेलले कोलम्बोमा आयोजित समारोहको मापदण्ड र प्रतियोगितामा केपीएमजी, अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्ट फर्मद्वारा विकसित गरिएको ढा“चा हेर्ने बताइएको छ ।

एसएसीईईसीको अनुसार, यस क्षेत्रका सामाजिक, आर्थिक वृद्धिमा उनीहरूको योगदानलाई कदर गर्दे सार्क क्षेत्रका महिला उद्यमीहरु र त्यस समुदायलाई सशक्तिकरण गर्ने यो क्षेत्रीय पुरस्कारको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।