ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु

0
Shares

लम्की ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टि«परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टि«परले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–१ सुख्खड पिपलडाँडाका ६ वर्षीय शुभम बस्नेतको मृत्यु भएको हो । उनलाई सडक पार गर्ने बेला टि«परले ठक्कर दिएको थियो । बस्नेतको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । टि«पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ४३ वर्षीय हिरासिंह धानुकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।
रासस