भरुवा बन्दुकसहित मृत अवस्थामा रतुवा फेला

0
Shares

दाङ ।
जिल्लाको गढवा गाउँपालिका– ५ को भवानी सामुदायीक वनमा भरुवा बन्दुकसंगै मृत अवस्थामा रतुवा फेला परेको छ । बन्दुक पड्किएको आवाज सुनेपछि घटना स्थल पुग्दा रतुवा मृत अवस्थामा भेटिएको हो ।

उक्त स्थानमा मृत रतुवासंगै एक नाल लोड गरेको भरुवा बन्दुक पनि फेला परेको प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
साथै उक्त मृत अवस्थामा रहेको रतुवालाई सम्पुर्ण कानूनी प्रकृया पुरा गरी सव डिभिजन वन कार्यालय गढवालाई बुझाइएको मगरले बताउनुभयो ।
, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।