सडकले फेर्याे गाउँको मुहार

0
Shares

सलिम अन्सारी, प्युठान ।
सरुमारानी गाउँपालिका–५ सवँराकोटमा सडक पुगेपछि गाउँलेमा खुसीको सीमा छैन । स्थानीय जुद्ध बहादुर पल्लीले जस्तै मोटर सपना देखेका दुर्गम बासीमा ‘बाटो बन्ला’ र गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । अहिल आफै जस्पुर(गोद्धारा(सवँराकोट(प्यालीमाटी सडक निर्माण उपभोक्ता समितीको अध्यक्ष भएर काम गर्न पाउँदा उनी खुसी छन।

“भीरको बाटो खनीखनी गाडी ल्यायौ” उनले भने “नपत्याए हेर गाउँले आफ्नै एैनाले ।” सडक खन्न बजेट दिने गाउपालिकालाई उनले गाउलेको तर्फबाट धन्याबाद समेत दिन भ्याए। ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना आज पूरा भयो,’ जनप्रतिनिधी सँग उनले खुसी साटे, ‘तपाईंहरूलाई धेरै धन्यवाद, अझै राम्रो गर्नुहोला।’ प्याँलिमाटी गाउँसम्म मोटरबाटो लैजाने योजना रहेको पल्लीले सुनाए।

मोटरबाटो बनेसंगै यहा ७९ घरधुरीका करिव ५ सय जनसंख्यालाई फाइदा पुगेको उनी बताउँछन।

चालू आर्थिक बर्षमा गाउपालिकाको १२ लाख ५० हजार र स्थानीयको २ लाख ४० हजारको श्रमदान गरि कुल १४ लाख ९० हजारको लागतमा गाउँमा मोटरवाटो पुगेको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर ओलिले बताए । भौगोलिक रूपमा विकट गाउँ सडकले जोडिएपछि वातावरण फेरिएको सरुमारानी ५ का वडाध्यक्ष सन्त बहादुर बरालले बताए । नजिकको बजार केन्द्र पैदल हिडेर जानुपर्ने सास्ती खेपेका स्थानीयले गाउँ सरकारको खुलेर प्रशंसा गर्न थालेका छन् ।

सडकसंगै गाउँमा मोटर पुगेपछि स्थानीय हर्षित छन। सडक सञ्जाल जोडिएपछि गाउँगाउँको आर्थिक, सामाजिक र व्यापारिक सम्बन्ध विस्तार भएको स्थानीय पल्ली बताउँछन् । दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवतजावत र बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज भएको छ। स्थानीयमा नयाँ व्यापारको सोच जागेको छ । सहज यात्रा सुविधा मात्र होइन, व्यापार वृद्धि र कृषिमा आधुनिकीकरण खोजी हुन थालेको छ । विकासमा विकटता मात्र होइन, स्थानीय कृषि उत्पादनमा सम्भावना बोकेको सरुमारानी गाउँपालिकाका स्थानीय सडक पुगेपछि नगदेबाली,मह उत्पादन, तरकारी–फलफूल खेतीतर्फ आर्क्षित भएका छन् ।

गाउसरकारले कृषीमा अनुदान दिदै आएको छ। ‘विकट र ग्रामीण बस्तीमा सडक पहु“च पुगेको छ । गाउँपालिकाकी उपाध्यक्ष मीना सोमै भन्छीन अब विस्तार र स्तरोन्नति कार्य अघि बढ्छ,’ सवैजसो गाउँमा नया ट्र्याक ओपन गर्ने काम भैसकेको उनले बताईन।

अबको पाँच वर्ष्भित्रमा सरुमारानीका सबै वडाका जनता आन्तरिक सडक यातायातको पहुँचमा पुग्ने उपाध्यक्ष सोमैले बताईन । उनका अनुसार चालू आर्थिक वर्षमा स्तरोन्नति र सडक सञ्जालसंग नजोडिएका गाउँमा पहुँच प¥याउने योजना छ ।