विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक जेल चलान

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम् ५ बर्ष कैद सजाय सुनाएको छ ।
पर्वतको फलेवास नगरपालिका– ६ देविस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौडेललाई बुधवार पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको इजलासले ५ बर्ष कैद सजायको फैसला सुनाएको हो ।

५० वर्षीय प्रधानाध्यापक पौडेलले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षिया दुई बालिका, १० बर्षिया एक बालिका र १२ वर्षिया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गत ६ साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको थियो ।

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पिडित बालिकाहरुका अभिभावकहरुले प्रहरीमा साउन ६ गते नै उजुरी दिएका थिए ।

आरोपित पौडेल लाई गिरफ्तार गरी प्रहरीले यौन जन्य हिंसा अपराध अन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धा उपर अदालतले दुई सात बर्षिया बालिकालाई यौन अपराध गरेको हकमा ५ बर्ष र सो भन्दा माथिल्लो उमेरका बालिकाहरुलाई अपराध गरेको कसुरमा ४ बर्ष अधिकतम् कैद सजाय हुने गरी फैसला गरेको हो ।