मदिरा आयात तथा उत्पादनमा रोक

0
Shares

धनवीर दाहाल, रुकुम ।
गत माघ ५ गते जिल्ला स्तरमा भएको मदिरा व्यवस्थीत गर्ने निर्णय अनुसार बिहिबारदेखी रुकुम पश्चिममा मदिरा बिक्रि बितरणमा पुर्ण रुपमा प्रतिबन्द लगाइएको छ । जिल्ला समन्वय समितिको पहलमा बसेको सबै स्थानीय तह तथा सरोकारवालाको बैठकले मदिराले विकृति विसंगति बढेको भन्दै अर्को निर्णय नभएसम्मका लागि मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो ।

सोही निर्णयमा टेकेर ६ स्थानीय तहको साथै जिल्ला समन्वय समितिले प्रहरीको सहयोगमा पहिलो चरणमा मदिरा भित्र्याउन निषेध गरेका थिए । समाजमा हुने घटना, अपराधमध्ये ८० प्रतिशत बढी घटना तथा अपराधको मूल कारण मदिरा भएको निष्कर्षसहित यसको व्यवस्थापनमा स्थानीय सरकारहरू लागेका हुन्  ।

सोही अभियान स्वरुप सबैभन्दा पहिला आठबिसकोट नगरपालिकाले वडा नं ३ लाई मदिरा निषेधित वडा घोषणा गरिसकेको छ । जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन हुने दावी गर्नुभयो । जनताले मदिरा बाट दुख्ख पाइरहेको थाहा हुँदा हुँदै पनि मदिरा व्यवसायी कसैले अटेर नगर्ने बिश्वास व्यक्त गर्नुभयो । बिहिबार रुकुम पश्चिमका मुख्य व्यापारिक केन्द्रहरुमा रहेका मदिरा पसल बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जिल्लामा कुनै पनि मदिरा पसल नखुलेको बताउनुभयो । स्वस्र्फुत रुपमा मदिरा पसलहरु बन्द रहेको पाइएको प्रहरी प्रमुख खड्काको भनाई छ ।

उता स्थानीय तहले मदिरा व्यवसायीसँग कुनै सल्लाह तथा परामर्श नगरी एक्लौटी निर्णय गरेकाले आफूहरूले स्थानीय सरकारले भनेको मान्नुपर्ने अनिवार्य नभएको मदिरा व्यवसायी संघका अध्यक्ष नवीनकुमार खड्काले बताउनुभयो । अदालतमा मुद्धा परिसकेकोले अदालतको जे निर्णय आउँछ सोही अनुसार आफुहरु अगाडी बढ्ने खड्काको भनाई छ ।