अवैध औषधिसहित एक भारतीय पक्राउ

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय कृष्णगनरले एक लाख बराबरको भन्सार छलीका औषधिसहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपमा भन्सार छली साइकलमा नेपालतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएको हो ।

जुटको बोरामा विभिन्न किसिमका औषधिहरु साइकलमा राखी अबैध रुपमा नेपाल ल्याइरहेको बेला कृष्णनगर ६, भिल्मीबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो । बरामद गरिएको औषधि नेपाली बजारमा एक लाख मूल्य पर्ने प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।

प्रहरीले अबैध औषधिको कारोबारमा संलग्न भारतको सिद्धार्थनगर बस्ने ३० वर्षीय सुरज मौर्यलाई साइकल र औषधिसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका मौर्यलाई इलका प्रहरी कार्यालय कृष्णनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।