कटुवा पेस्तोलसहित कपिलवस्तुमा एक जना पक्राउ

0
Shares

कपिलवस्तु ।
एक थान कटुवा पेस्तोल सहित कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९, बहादुरगञ्ज बस्ने २९ वर्षे बजरङ्गी कुर्मी रहेका छन् ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले पेस्तोलसहित कुर्मीलाई कृष्णनगर १, डबरा चोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका कुर्मीको साथबाट पेस्तोल र हतियारमा प्रयोग हुने १ थान खोका बरामद गरिएको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको कुर्मीलाई प्रहरी थुनुवा कक्षमा राखी अन्य थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो ।