हेलिकोप्टर दुर्घटनाः शव पोष्टमार्टममा ढिला भएपछि टुँडिखेलमा ल्याउन ढिला हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव दिउँसो ३ बजे टुँडिखेलमा राख्ने भनिएतापनि शव पोष्टमार्टममा ढिला भएकाले टुँडिखेलमा ल्याउन ढिला भएको छ । टुँडिखेलमा उनिहरुको शव अन्तिम श्रद्धाञ्जलिका लागि राख्न लागिएको हो ।

मन्त्री अधिकारीसहित ७ जनाकै शवलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।